काठमाडौं, १८ भदौ । गायक तथा संगीतकार देवबहादुर सहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले ।
सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् ।
उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन् ।
उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ ।
भिडियाे :
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस