
एजेन्सी : दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीको कमाइले नयाँ उचाइ छोएको छ ।फिल्मले ग्लोबल बक्स अफिसबाट ६ सय करोडभन्दा बढी कमाएर नयाँ कीर्तिमान बनाएको हो ।
फिल्मका निर्माता बैजयन्ती मुभिजले आफ्नो कलेक्सनको अपडेट सामाजिक सञ्जालमा शेयर गरेको छ।फिल्ममा दीपिका पादुकोणको एउटा दृश्यको झलक देखाउँदै पोष्टमा ‘सपनाहरूको दौड जारी छ’ उल्लेख गरिएको छ ।
कल्की २८९८ एडी २७ जुनमा रिलिज भएको थियो । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा करिब ३९३ करोड ४० लाख भारुको व्यापार गरेको थियो ।स्याकनिल्कको रिपोर्ट अनुसार भारतमा ७ दिनमा फिल्मको ग्रस कलेक्सन ४४१ करोड ५० लाख भारु पुगेको छ । फिल्मले विदेशी बक्स अफिसमा १६८ करोड ५० लाख भारु कमाएको छ ।
अर्थात् फिल्मको ७ दिनको कलेक्सन करिब ६१० करोड भारु रहेको छ ।फिल्ममा भारतीय सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चन, कमल हासनको साथमा प्रभास र दीपिका पादुकोणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस