सिमकोट – हुम्लाका नागरिकले जिल्लामा कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनका लागि तीनै तहका सरकारसँग माग गरेका छन ।
सयौँको संख्यामा नागरिकहरु क्वारेन्टाइमा बसेको अवस्थामा संक्रमण परीक्षणका किटहरु जिल्लामा नभएपछि त्यसको व्यवस्था गर्न नागरिक समाजका तर्फबाट माग गरिएको हो ।
परीक्षणको दायरा बढाउन र स्वास्थ्य सामग्रीको व्यवस्थापन सहज पार्न माग राख्दै बजारभरी पर्चा टाँसेको नागरिक अगुवा बसन्त रोकायाले बताए ।
नागरिकको उद्धारसँगै परीक्षणका लागि सम्पूर्ण व्यवस्थापन गर्न पर्चामार्फत माग गरिएको छ ।@देश संचार
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस