
सत्तारुढ दलहरुको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने जनाइएको छ ।
नेपाली कांग्रेसलगायत दलहरूको समर्थनमा गत असार ३० गते मुलुकको प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । उनीसँगै सत्तारुढ दलले पनि सरकारको १०० दिने कामबारे साझा धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । आजको बैठक पनि त्यसतर्फ केन्द्रित रहने देखिन्छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस