• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओलीले झोँक्किँदै भने- स्थायी कमिटी बैठक किन चाहियो? त्यहाँ मेरै राजीनामा माग्ने त हो

May 7, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
ओलीले झोँक्किँदै भने- स्थायी कमिटी बैठक किन चाहियो? त्यहाँ मेरै राजीनामा माग्ने त हो

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ- पार्टीको आन्तरिक द्वन्द्व, सरकारका पछिल्ला विवादास्पद कामकारवाहीबारे स्पष्टीकरण माग्ने र उचित सुझाव पेश गर्ने उद्देश्यसहित नेकपाका असन्तुष्ट सदस्यहरुले स्थायी कमिटी बैठकको माग गरेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलले त्यसलाई छल्ने प्रयास गरेका छन्।

बुधबार बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले त्यसको स्पष्ट संकेट मात्रै गरेनन्, आफ्नो राजीनामाको माग अझै जीवितै रहेको निष्कर्ष समेत सुनाए।

पार्टी उच्च स्रोतका अनुसार यसै साताको शनिबार भएको सचिवालय बैठकमा एकाएक नरम देखिएका ओली बुधबारको बैठकको सुरुवातमै त्यसविपरित आक्रोशित भएका थिए।

बुधबारको बैठकअघि करिब १० मिनेट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टै बसेपनि ओलीले बिहीबार निर्धारित स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र कार्यसूची सहमति जनाएनन्।

‘अब सचिवालय बैठकमै साथीहरुसँग बसेर यसबारे छलफल गरौँ’ भन्दै प्रचण्ड उठेपछि ओली सचिवालय बैठक आयोजना गरिएको हलतर्फ मोडिएका थिए।

तर सुरुमै ओलीले प्रचण्ड, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठतर्फ इंगित गर्दै प्रश्न वर्षाएका थिए, ‘पार्टीलाई एकताबद्ध बनाउने भन्ने सहमति गर्ने अनि फेरि मोर्चाबन्दी गर्दै किन हिँडेको? हात्तीबनको भेला किन? अब मसँगको छलफलका के औचित्य छ?’

ओलीको आक्रोश शान्त पार्न प्रचण्डले हात्तीबनमा कुनै पनि मोर्चाबन्दी बनाउन आफूहरु नबसेको बरु पार्टीलाई कसरी एक बनाउन सकिन्छ भनेर छलफल गरेको स्पष्टीकरण दिएका थिए।

त्यसपछि पनि ओलीको आक्रोश शान्त नभएपछि नेता नेपालले ‘नचाहिने आरोप नलगाउनुहोस्, हामी तपाईकाविरुद्धमा षड्यन्त्र गर्न बसेका थिएनौँ। स्थायी कमिटी बैठकका लागि कार्यसूची र राजनीतिक प्रतिवेदन तयार गरौँ।’

तर ओली त्यसपछि झनै आक्रोशित भएका थिए। उनले भने, ‘किन डाक्नु प¥यो स्थायी कमिटी बैठक? त्यहाँ मेरै राजीनामा माग्ने त हो। अहिले आवश्यक छैन।’

एकछिन मौन रहेका ओलीले पछि थपेका थिए,‘अहिले मुलुक संकटपुर्ण अवस्थामा छ। सरकारले नीति तथा कार्यक्रम ल्याउँदै छ। हामीले यसमा ध्यान दिनुपर्छ।’

ओली र उनीसँग असन्तुष्ट नेताहरुबीच वैशाख २० गतेको सचिवालय बैठकमा सहमति भएको बताइएको थियो।

उक्त बैठकमा ओलीले हालसम्म भएका कमीकमजोरीमा सबैभन्दा धेरै दोष आफूले लिने, त्यसमा आत्मालोचना गर्ने, आइन्दा सरकारका निर्णय पार्टीसँग सल्लाह गरेर मात्रै लिने प्रतिवद्धता जनाएपछि असन्तुष्ट नेताहरुले त्यसलाई विश्वास गरेका थिए।

सचिवालय बैठक अघि ओलीले प्रचण्डलाई गत वर्ष मंसिर ४ गतेको सहमति अनुसार उनको पार्टी सञ्चालनको कार्यकारी अधिकारमाथि अबदेखि कुनै पनि हस्तक्षप नगर्ने प्रतिवद्धता जनाएका थिए।

त्यसै बैठकमा सचिवालयमा सहमति बनेको र स्थायी कमिटीका सदस्यहरुको माग अनुसार वैशाख २० गते स्थायी कमिटी बैठको मिति तय भएको सार्वजनिक गरिएको थियो।

तर त्यसको फर्सीपल्ट वैशाख २२ गतेको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रवेदनमा ओलीले २० गते जनाएका प्रतिवद्धता उल्लेख गर्न गरेको आग्रहलाई ओलीले अस्वीकार गरेपछि नेकपाको विवाद पुनः सतहमा आएको हो।

आफ्नो पूर्वसहमति कार्यान्वयन गर्ने संकेत ओलीले नदेखाएपछि प्रचण्डले नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाललाई लिएर प्रवक्ता श्रेष्ठको निवास हात्तिबन पुगेका थिए।

मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि पनि असन्तष्ट नेताहरुको हात्तिबन भेला गरेको भन्दै ओली पुन : झस्किएका हुन्।

अन्ततः आफै उपस्थिति सचिवालय बैठकबाट निर्र्धारण गरिएको स्थायी कमिटी बैठक छल्ने प्रयास गरेका छन्।

बुधबार सचिवालय बैठक चल्दाचल्दै उनी झोँकिएर हिँडेको र त्यसपछि नआएको सचिवालय सदस्यहरुले बताएका छन्।

करिव आधा कुर्दा पनि ओली बैठकमा फर्केर नआएपछि अन्य सदस्यहरु लाखापाखा लागेपनि प्रचण्डले भने ओलीसँग एक्लै छलफल सुरु गरेका थिए।

‘दुई–चार दिनमा सल्लाह गरौँला र स्थायी कमिटी बैठक बसालौँ’ भन्दै ओली प्रचण्डसँग पन्छिएको स्रोतको भनाई छ।

अध्यक्ष ओली आफैले निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित गरेपछि कमिटीका २० जना सदस्यहरु बिहीबार पार्टी मुख्यालय धुमबाराहीमा भेला भएका छन्।@देश संचार

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑