• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओलीले झोँक्किँदै भने- स्थायी कमिटी बैठक किन चाहियो? त्यहाँ मेरै राजीनामा माग्ने त हो

२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
ओलीले झोँक्किँदै भने- स्थायी कमिटी बैठक किन चाहियो? त्यहाँ मेरै राजीनामा माग्ने त हो


Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

काठमाडौँ- पार्टीको आन्तरिक द्वन्द्व, सरकारका पछिल्ला विवादास्पद कामकारवाहीबारे स्पष्टीकरण माग्ने र उचित सुझाव पेश गर्ने उद्देश्यसहित नेकपाका असन्तुष्ट सदस्यहरुले स्थायी कमिटी बैठकको माग गरेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलले त्यसलाई छल्ने प्रयास गरेका छन्।

बुधबार बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले त्यसको स्पष्ट संकेट मात्रै गरेनन्, आफ्नो राजीनामाको माग अझै जीवितै रहेको निष्कर्ष समेत सुनाए।

पार्टी उच्च स्रोतका अनुसार यसै साताको शनिबार भएको सचिवालय बैठकमा एकाएक नरम देखिएका ओली बुधबारको बैठकको सुरुवातमै त्यसविपरित आक्रोशित भएका थिए।

बुधबारको बैठकअघि करिब १० मिनेट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टै बसेपनि ओलीले बिहीबार निर्धारित स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र कार्यसूची सहमति जनाएनन्।

‘अब सचिवालय बैठकमै साथीहरुसँग बसेर यसबारे छलफल गरौँ’ भन्दै प्रचण्ड उठेपछि ओली सचिवालय बैठक आयोजना गरिएको हलतर्फ मोडिएका थिए।

तर सुरुमै ओलीले प्रचण्ड, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठतर्फ इंगित गर्दै प्रश्न वर्षाएका थिए, ‘पार्टीलाई एकताबद्ध बनाउने भन्ने सहमति गर्ने अनि फेरि मोर्चाबन्दी गर्दै किन हिँडेको? हात्तीबनको भेला किन? अब मसँगको छलफलका के औचित्य छ?’

ओलीको आक्रोश शान्त पार्न प्रचण्डले हात्तीबनमा कुनै पनि मोर्चाबन्दी बनाउन आफूहरु नबसेको बरु पार्टीलाई कसरी एक बनाउन सकिन्छ भनेर छलफल गरेको स्पष्टीकरण दिएका थिए।

त्यसपछि पनि ओलीको आक्रोश शान्त नभएपछि नेता नेपालले ‘नचाहिने आरोप नलगाउनुहोस्, हामी तपाईकाविरुद्धमा षड्यन्त्र गर्न बसेका थिएनौँ। स्थायी कमिटी बैठकका लागि कार्यसूची र राजनीतिक प्रतिवेदन तयार गरौँ।’

तर ओली त्यसपछि झनै आक्रोशित भएका थिए। उनले भने, ‘किन डाक्नु प¥यो स्थायी कमिटी बैठक? त्यहाँ मेरै राजीनामा माग्ने त हो। अहिले आवश्यक छैन।’

एकछिन मौन रहेका ओलीले पछि थपेका थिए,‘अहिले मुलुक संकटपुर्ण अवस्थामा छ। सरकारले नीति तथा कार्यक्रम ल्याउँदै छ। हामीले यसमा ध्यान दिनुपर्छ।’

ओली र उनीसँग असन्तुष्ट नेताहरुबीच वैशाख २० गतेको सचिवालय बैठकमा सहमति भएको बताइएको थियो।

उक्त बैठकमा ओलीले हालसम्म भएका कमीकमजोरीमा सबैभन्दा धेरै दोष आफूले लिने, त्यसमा आत्मालोचना गर्ने, आइन्दा सरकारका निर्णय पार्टीसँग सल्लाह गरेर मात्रै लिने प्रतिवद्धता जनाएपछि असन्तुष्ट नेताहरुले त्यसलाई विश्वास गरेका थिए।

सचिवालय बैठक अघि ओलीले प्रचण्डलाई गत वर्ष मंसिर ४ गतेको सहमति अनुसार उनको पार्टी सञ्चालनको कार्यकारी अधिकारमाथि अबदेखि कुनै पनि हस्तक्षप नगर्ने प्रतिवद्धता जनाएका थिए।

त्यसै बैठकमा सचिवालयमा सहमति बनेको र स्थायी कमिटीका सदस्यहरुको माग अनुसार वैशाख २० गते स्थायी कमिटी बैठको मिति तय भएको सार्वजनिक गरिएको थियो।

तर त्यसको फर्सीपल्ट वैशाख २२ गतेको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रवेदनमा ओलीले २० गते जनाएका प्रतिवद्धता उल्लेख गर्न गरेको आग्रहलाई ओलीले अस्वीकार गरेपछि नेकपाको विवाद पुनः सतहमा आएको हो।

आफ्नो पूर्वसहमति कार्यान्वयन गर्ने संकेत ओलीले नदेखाएपछि प्रचण्डले नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाललाई लिएर प्रवक्ता श्रेष्ठको निवास हात्तिबन पुगेका थिए।

मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि पनि असन्तष्ट नेताहरुको हात्तिबन भेला गरेको भन्दै ओली पुन : झस्किएका हुन्।

अन्ततः आफै उपस्थिति सचिवालय बैठकबाट निर्र्धारण गरिएको स्थायी कमिटी बैठक छल्ने प्रयास गरेका छन्।

बुधबार सचिवालय बैठक चल्दाचल्दै उनी झोँकिएर हिँडेको र त्यसपछि नआएको सचिवालय सदस्यहरुले बताएका छन्।

करिव आधा कुर्दा पनि ओली बैठकमा फर्केर नआएपछि अन्य सदस्यहरु लाखापाखा लागेपनि प्रचण्डले भने ओलीसँग एक्लै छलफल सुरु गरेका थिए।

‘दुई–चार दिनमा सल्लाह गरौँला र स्थायी कमिटी बैठक बसालौँ’ भन्दै ओली प्रचण्डसँग पन्छिएको स्रोतको भनाई छ।

अध्यक्ष ओली आफैले निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित गरेपछि कमिटीका २० जना सदस्यहरु बिहीबार पार्टी मुख्यालय धुमबाराहीमा भेला भएका छन्।@देश संचार

बाट थप

  • अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुनेपेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
  • चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापनचाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन
  • अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योटअख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑