
चितवन, वैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले आज (बिहीबार) २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै चितवन बासीलाई दीप प्रज्वलन गर्न बिज्ञप्ति जारी गरेर अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न अनुरोध गरेको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस