• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

यदि कोभिड-१९ विरूद्धको भ्याक्सिन बनेन भने के होला? हाम्रो जीवन कस्तो होला?

२०७७ बैशाख २४, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : १२ मिनेट
यदि कोभिड-१९ विरूद्धको भ्याक्सिन बनेन भने के होला? हाम्रो जीवन कस्तो होला?


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

एजेन्सी- देशहरू धमाधम कोरोना भाइरस संक्रमणको जोखिमका कारण दिनदिनै लकडाउनमा गइरहेका छन्‚ मानिसहरूको जिविकोपार्जन धरापमा परेको छ‚ कोरोना भाइरस संक्रमणको अन्त्यका लागि विभिन्न भ्याक्सिन बनाउनका लागि विभिन्न आँकडाहरू बाहिरिरहेका छन्।

तर योसँगै अर्को चिन्ताजनक कुरा पनि हाम्रो अगाडि छ- अहिलेसम्म कोभिड-१९ विरूद्धको कुनै भ्याक्सिनको विकास भएको छैन। यस्तो बेलामा मानिसहरूलाई विभिन्न भ्याक्सिन आउने आशका साथै न नआउने पो हो कि भन्ने चिन्ता पनि छ।

यदि भ्याक्सिनको विकास नै भएन भने मानिसले कोभिड-१९ लाई नियन्त्रण गर्नुको साटो योसँगै बाँच्ने कला पनि सिक्न जरूरी हुन्छ। विशेषज्ञहरूका अनुसार यदि यस्तै स्थिति पछिसम्म रहिरह्यो भने सहरहरू बिस्तारै खुल्दै जानेछन्। सिमित अवधिको लागि मानिसहरू स्वतन्त्र भएको महशुस गर्नेछन्।

कोभिड-१९ को परीक्षण गरिरहनु‚ हाम्रो जीवनको एउटा अभिन्न पाटो बन्न पुग्नेछ। सेल्फ आइसोलेसका विभिन्न तरिकाहरू आउनेछन्। यसमा गरिने उपचारमा केही सुधार हुनेछ। तर यो रोगको महामारी हरेक वर्ष भइरहनेछ। विश्वमै मृत्युदर दिनप्रतिदिन झन् झन् बढ्दै जानेछ।

विभिन्न संस्थाहरू यसविरूद्धको भ्याक्सिनका लागि खटिइरहेका छन्। तर विशेषज्ञका अनुसार यदि यस्तो किसिमको भ्याक्सिनको विकास नभएको खण्डमा आउनसक्ने सम्भाव्यताहरूमा पनि ध्यान मोडिनु जरूरी हुन्छ किनकि यस्तो पहिला पनि धेरैपटक भइसकेको छ।

‘यस्ता केही भाइरसहरू छन्‚ जसको औषधि अझै पनि हामीसँग छैन।’ विश्व स्वास्थ्य संगठनमा कोभिड-१९ का लागि विशेष दूतसमेत रहेका लन्डनस्थित इम्पेरियल कलेजका ग्लोबल हेल्थसम्बन्धी प्रोफेसर डा डेबिड न्यबारो भन्छन्‚ ‘कोभिड-१९ विरूद्धको भ्याक्सिन हामी पत्ता लगाउँछौं नै भनेर अनुमान गर्न सकिँदैन। यदि भ्याक्सिन पत्ता लाग्यो भने पनि धेरै परीक्षणपछि मात्र उपचारका लागि बजारमा उपब्लध हुनेछ।’

‘यदि यस्तै रहने हो भने हाम्रो समाजले कोरोना भाइरसको जोखिमबाट अनिवार्य रूपमा बच्नैपर्ने स्थितिको सिर्जना गर्नुपर्ने हुन्छ।’ न्यबारोले सिएनएनसँग भने।

धेरैजसो विशेषज्ञहरू भने कोभिड-१९ विरूद्धको भ्याक्सिन बन्नेमा ढुक्क छन् किनकि पहिलेका रोग जस्तै: एचआइभी‚ मलेरिया जस्तो कोभिड-१९ ले छिटो-छिटो आफ्नो रूप परिवर्तन गर्दैन।

नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज्जका निर्देशक डा एन्थोनी फोचीलगायतका धेरै विशेषज्ञका अनुसार भ्याक्सिनको विकास हुन कम्तिमा पनि १ वर्षदेखि १८ महिना लाग्न सक्ने हुन्छ। अन्य केही जस्तै: बेलायतका चिफ मेडिकल अफिसर क्रिस विटी १ वर्ष अथवा योभन्दा अघि नै भ्याक्सिनको विकास हुन सक्ने बताउँछन्।

‘हामीलाई कहिले पनि एक वर्षदेखि १८ महिनाको बीचमा विकसित भ्याक्सिन सार्वजनिक रूपमा उपचारका लागि प्रयोग गरिएको थाहा छैन,’ हस्टनस्थित बेलर कलेजका नेसनल स्कूल अफ ट्रोपिकल मेडिसिनका डिन डा पिटर होटेजले भने‚ ‘यसको मतलब भ्याक्सिनको विकास हुन असम्भव भन्ने होइन। यदि यसको विकास सम्भव भयो भने यो इतिहासकै ठूलो उपलब्धि हुनेछ।’

जब भ्याक्सिनले काम गर्दैनन्
सन् १९८४ मा हेल्थ एन्ड ह्युमन सर्भिसका सेक्रेटरी मार्गरेट हेक्लरले वासिङ्टन डिसीमा एक प्रेस कन्फ्रेन्स गर्दै वैज्ञानिकहरूले नयाँ भाइरसको बारेमा धेरै कुरा पत्ता लगाएको घोषणा गरे‚ जुन भाइरस पछि गएर एचआइभीको रूपमा चिनिन थाल्यो। र तत्कालीन समयमा २ वर्षभित्र त्यसलाई नियन्त्रण गर्न भ्याक्सिनको विकास भइसक्ने आंकलनहरू बाहिर आउन थाले।

अहिलेसम्म करिब ४ दशक समय बितिसकेको छ भने ३ करोड २० लाख मानिसको मृत्यु भइसकेको छ‚ अझै पनि विश्व एचआइभीको भ्याक्सिनलाई कुरिरहेको छ।

यसको खोजी सन् १९८०को दशकमा पनि रोकिएन। १९९७ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले तत्कालीन समयको एक दशकपछि एचआइभीको भ्याक्सिन बजारमा आउने घोषणा गरे। करिब १४ वर्षअघि वैज्ञानिकहरूले एचआइभीको भ्याक्सिनको पूर्णरूपमा विकास हुन अझै १० वर्ष लाग्ने बताए।

Protester Mark Milano is arrested during an AIDS demonstration in Washington DC in 1994.
सन् १९९४मा वासिङ्टन डिसीमा गरिएको एड्सविरूद्धको प्रदर्शनमा प्रदर्शनकारी मार्क मिलानोलाई पक्राउ गर्दै प्रहरी।

एचआइभीविरूद्धको भ्याक्सिन बनाउनका लागि विभिन्न कठिनाइहरू देखिए। ‘इन्फ्लुएन्जाले हरेक वर्ष आफ्नो रूप र गुण परिवर्तन गरिरहन्छ। त्यसैले हरेक वर्ष मानिसमा भिन्न प्रकृतिका इन्फ्लुएन्जाले असर गर्ने गर्छन्। अघिल्लो वर्ष देखिएको इन्फ्लुएन्जाले पछिल्लो वर्ष अर्कै रूप धारण गरेर आइदिन्छ। यस्तो भयो भने पनि झन् कठिन हुन्छ,’ बाल रोग तथा संक्रामक रोग विशेषज्ञ‚ रोटाभाइरसको भ्याक्सिनका सह-आविष्कारक पल अफिटले भने ‘एचआइभीले पनि हाम्रो शरीरभित्र विभिन्न रूप र गुण परिवर्तन गरिरहन्छ। त्यसैले एचआइभी संक्रमण भएका सम्पूर्ण व्यक्तिमा एकै प्रकृतिको भाइरसको संक्रमण भएको भनी स्पष्ट हुन नसकिनेमा विशेषज्ञहरूको एकमत छ।

तर‚ हाम्रो विश्वमा अझै यस्ता भाइरसहरू पनि छन्‚ जसले वैज्ञानिकलाई चकित बनाएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार डेङ्गी ज्वरो (जसबाट ४ लाखभन्दा बढी मानिस संक्रमित भए)का लागि प्रभावकारी भ्याक्सिन दशौं वर्षमा पनि विकास हुन सकेन। सन् २०१७ मा यसका लक्षणलाई नष्ट गर्नका लागि भ्याक्सिन पत्ता लगाउन धेरै ठूलो प्रयास गरिएको थियो।

यसैगरी ‚ राइनो भाइरस र एडेनो भाइरसको भ्याक्सिन विकास गर्न पनि धेरै नै गाह्रो भइरहेको छ। यी भाइरसले पनि कोरोना भाइरसकै जस्तो रूघा-खोकी जस्ता लक्षण देखाउने गर्थे। एडेनो भाइरसलाई नियन्त्रण गर्न जम्मा एउटा भ्याक्सिनको विकास भएको छ। त्यो पनि पूर्ण रूपमा बजारमा उपलब्ध छैन।

‘भ्याक्सिन आउनेमा तपाईंलाई ठूलो आश हुन्छ‚ र आएन भने त्यो आश एकै क्षणमा धराशयी बन्न पुग्छ,’ न्याबरोले भ्याक्सिनको विकासमा हुने ढिलासुस्ती र दुःखदायी प्रक्रियाको बारेमा बताउँदै भने‚ ‘हामीले बायोलोजिकल र मेकानिकल प्रणालीबाट यसलाई हेरिरहेका छौं। भ्याक्सिनको विकास शरीरले भाइरसप्रति कसरी प्रतिक्रिया जनाउँछ भन्ने कुरामा पनि निर्धारित हुन्छ।’

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसविरूद्धको भ्याक्सिनको मानव परीक्षण सुरू भइसकेको छ। यसैगरी अमेरिकामा पनि मोडेर्नाद्वारा कोरोना भाइरसविरूद्धको भिन्न प्रकारको भ्याक्सिनको परीक्षण भइरहेको छ।

तर‚ यी अहिले परीक्षणकै क्रममा रहेका छन्‚ विकासका क्रममा होइन। भ्याक्सिन विकासको चरणमा प्रवेश गर्नका लागि अझ समय लाग्ने विशेषज्ञहरू बताउँछन्।

सार्स भाइरसविरूद्धको भ्याक्सिन बनाउने कार्यमा सरिक भएका होटेज भन्छन्‚ ‘भ्याक्सिन विकास भइसकेपछि सबैभन्दा जटिल विषय भनेको त्यसले भाइरसविरूद्ध राम्रोसँग काम गर्छ कि गर्दैन र मानव शरीरमा त्यसको प्रयोग गर्दा सुरक्षित छ या छैन भनी पुष्टि गर्नु नै हो।’

यदि एचआइभीजस्तै कोभिड-१९ को पनि भ्याक्सिन पत्ता लागेन भने यो भाइरस हामीसँग धेरै समयका लागि त्रासका रूपमा रहिरहन्छ।

कोभिड-१९ को उपचारका लागि पनि धेरै नै परीक्षणहरू भइरहेका छन्। तर वैज्ञानिकहरू पनि ती सबै परीक्षणको प्रारम्भिक चरणमै छन्।

वैज्ञानिकहरू अहिले एन्टी-इबोला औषधि ‘रेम्डेसिभिर’को परीक्षण गरिरहेका छन्। ब्लड प्लाज्माबाट पनि उपचारहरू गरिँदै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ‘हाइड्रोक्सीक्लोरोक्वीन’ लाई कोभिड-१९ रोगका लागि ‘गेम चेन्जर’ नै भने‚ जुन पछि गएर गम्भीर प्रकृतिका बिरामीमा काम नलाग्ने देखियो।

‘वैज्ञानिकहरूले छनोट गरेका औषधीहरू सबैभन्दा प्रभावकारी औषधीहरू हुन्,’ नोटिघम विश्वविद्यालयका संक्रामक रोग तथा महामारी विषयका प्रोफेसर केथ निल भन्छन्।

‘हामीले यसका लागि आरसिटी (र्‍यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल्स) गर्नु जरूरी हुन्छ। कोभिड-१९ विरूद्धको भ्याक्सिन विकास गर्ने कुरामा हामी भरखर जमिनबाट उठ्ने तरखर गरिरहेको बेला यस्तो कुरा गर्नु हाँस्यास्पद हुनसक्छ,’ विभिन्न परीक्षणहरूको प्रतिक्रिया दिने र मेडिकल पत्रकारसमेत रहेका निल भन्छन्‚ ‘मैले कोभिड-१९ विरूद्धको भ्याक्सिनका लागि तयार पारिएका विभिन्न रिसर्च पेपरहरू पढेको छु‚ जसको अनुसन्धान उचित तवरले गरिएका छैनन्‚ तिनीहरूलाई मैले रिजेक्ट गरेको छु।’

कतिपय औषधिहरू अहिले परीक्षणको क्रममा छन्। यदि ती औषधिले कोभिड-१९ को लागि प्रभावकारी भूमिका निर्वाह गर्न सके भने त्यसको प्रभाव ‘केही हप्ता’मै देखिने निल बताउँछन्।

यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले इबोलाको लागि विकास गरिएको ‍औषधि ‘रेम्डेसिभिर’ कोभिड-१९ का लागि प्रभावकारी देखिएकाले छिट्टै नै कोभिड-१९ का बिरामीमा यो औषधि उपलब्ध गराउने बताएको छ।

Remdesivir, one of the drugs being tested as a Covid-19 treatment.

कुनै ‍औषधिले बिरामी अथवा संक्रमितमा कसरी काम गरिरहेको छ‚ त्यसबाट त्यसको प्रभाव जान्न सकिन्छ। रेम्डेसिभिर‚ अन्तर्राष्ट्रिय बजारमा सबैतिर पुगेको छैन। तर यसको निर्माण पनि पर्याप्त मात्रामा नगरिएकाले यसबाट केही समस्या आउन सक्ने हुन्छ।

अहिले नियन्त्रणमा आएको संक्रमण पछि गएर फेरि नआउला भन्न नसकिने विशेषज्ञहरू बताउँछन्। यसरी नियन्त्रण गरेका भाइरसहरूले विभिन्न रूप र गुण परिवर्तन गरी भविष्यमा झन् खतरनाक भाइरसको रूपमा पनि हामीमा देखिन सक्छन्।

भ्याक्सिनको विकास नभए हाम्रो जीवन कस्तो होला?
यदि कोभिड-१९ रोगविरूद्धको भ्याक्सिनको विकास हुन सकेन भने हाम्रो जीवन अहिलेको जस्तो सामान्य पक्केै हुँदैन। यसबाट मुक्त भएर सामान्य जीवनमा छिटै फर्किन धेरै नै कठिन हुन्छ।

‘आर्थिक र राजनीतिक दुवै दृष्टिकोणबाट दीर्घकालीन रूपमा लकडाउन गरिराख्न सम्भव छैन,’ निल भन्छन्‚ ‘त्यसैले यसलाई नियन्त्रण गर्न हामीलाई अन्य बाटोबाट जानुपर्ने हुन्छ।’

यसको मतलब घरमै बसेर सबै काम गर्न मिल्ने माध्यमबाट काम  थाल्नु जरूरी हुन्छ। यसले गर्दा मानिसमा प्रविधीप्रति बढी जिज्ञासा पैदा हुन्छ र काम गर्ने नयाँ विधीजस्तै हुनेछ। विशेषज्ञहरूका अनुसार  विभिन्न देशका सरकारले अब कोभिड-१९ विरूद्धको भ्याक्सिनको विकास भएर यो संक्रमण पूर्णरूपमा नियन्त्रण नहुन्जेलसम्मका लागि नयाँ किसिमबाट जीवन जिउने तौर तरिकाको विकास गर्नु जरूरी हुन्छ।

‘कोभिड-रेडी’का लागि अहिलेदेखि नै लागिपर्नु अत्यावश्यक छ‚’ न्याबरो भन्छन्‚ ‘नयाँ ढङ्गको सामाजिक अन्तरक्रियाको विकास गर्न जरूरी हुन्छ। यदि कसैमा कोभिड-१९ सँग मिल्दोजुल्दो कुनै लक्षणहरू देखिएमा र त्यस्ता व्यक्तिको सम्पर्कमा आएको खण्डमा सेल्फ आइसोलेसनमा जानका लागि मानिसले आफ्नो व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ।’

अब सामान्य रूघाखोकी लाग्दा पनि सतर्क रहनुपर्ने हुन्छ। विशेषज्ञका अनुसार यदि कोभिड-१९ को कुनै पनि प्रभावकारी भ्याक्सिन पत्ता लागेन भने हाम्रो दैनिकीमा निक्कै नै ठूलो प्रभाव पर्छ। विशेषगरी हामीले दैनिक गर्दै आएको काममा यसले ठूलो प्रभाव पार्छ। केही समयका लागि भए पनि कार्यालयमै गएर गरिनुपर्ने काम घरबाट नै हुन थाल्छन्।

‘गरीब देशमा भने यसले निकै नै ठूलो असर पार्नेछ।’ न्याबरो भन्छन्‚ ‘यस्तै संक्रमण रहिरहेमा अहिलेको भन्दा छिटो छरितो तवरले परीक्षण गर्नुपर्ने विधिको प्रयोग गर्नुपर्ने हुन्छ।’

‘यदि अवस्था यस्तै रहने हो भने प्रिमियर लिग‚ एनएफफएल र अरू सामूहिक कार्यलाई विशेष प्रथमिकताका साथ आफ्नो तालिकाअनुसार नै खेल खेलाउनुपर्ने र खेलाडीहरूको परीक्षण गरिरहने‚ सामाजिक दूरी कायम गर्ने गर्नुपर्छ।’ निल भन्छन्‚ ‘बार र पबहरूमा धेरै भीड हुने भएकाले यस्ता किसिमका ठाउँहरूमा विशेष ध्यान दिनेगरी रेस्टुरेन्टहरू फेरि खोल्न सकिनेछ तर सामाजिक दूरी कायम राख्ने हिसाबले।’

केही यूरोपेली देशहरूले आफ्नो देशमा रहेका रेस्टुरेन्टलाई सामाजिक दूरी कायम राख्ने र रेस्टुरेन्टको क्षमताभन्दा निक्कै थोरै ग्राहकहरू भित्र्याउने शर्तमा खोल्न दिइरहेका छन्।

भ्याक्सिनको विकास नहुन्जेल विशेषगरी जाडोयाममा अन्यबेलाको भन्दा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ। धेरै ठाउँहरूमा लकडाउनलाई खुकुलो बनाउने कार्य  जारी छ‚ तर जुनसुकै बेला पनि फेरि लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। जुनसुकै बेला पनि फेरि उस्तै महामारी फैलने डर हुन्छ।

विभिन्न देशका जोखिमयुक्त क्षेत्रहरूमा कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि प्रतिबन्ध लगाइएको छ। न्याबरो भन्छन्‚ ‘यस्तैगरी संक्रमण अझ बढी फैलँदै गए पुरै देश नै लकडाउन गरिराख्नुपर्ने स्थिति पनि आउन सक्छ।’

समाजमा रोग प्रतिरोधात्मक क्षमता भएका करीब ७० देखि ९० प्रतिशत जनसंख्या हुनासाथ ‘हर्ड इम्युनिटी’ को बारेमा बहस चल्न थाल्नेछ। ‘तर पनि प्राकृतिक संक्रमणका लागि भने हर्ड इम्युनिटी नै सबैभन्दा राम्रो विकल्प भने पक्कै होइन। यस्ता किसिमका संक्रमणका लागि सबैभन्दा राम्रो विकल्प भनेकै भ्याक्सिनको विकास हुनु हो।’ अफिट भन्छन्‚ ‘भ्याक्सिन विश्व बजारमा फैलनुभन्दा अघिको मिजल्स संक्रमण यसको प्रमुख उदाहरण हो। प्रत्येक वर्ष २० देखि ३० लाख मानिसहरुलाई मिजल्सको संक्रमण देखिने गर्थ्यो। र यसमा पनि ठ्याक्कै त्यहीजस्तो नै हो।’

‘मलाई लाग्छ‚ हामीले भ्याक्सिनको विकास गर्नेछौं। त्यसका लागि पर्याप्त रकमको आवश्यकता हुन्छ।’ अफिट भन्छन्। तर पहिलाका केही भाइरसको जस्तै कोभिड-१९ को पनि भ्याक्सिनको विकास नहुन सक्छ‚ हामीमा यही नै हुन्छ भनेर ढुक्क पर्ने स्थिति पनि छैन।

‘कुनै भ्याक्सिन एकदम छिटो आइहाल्छ भन्ने मलाई लाग्दैन।’ ‌अफिट भन्छन्‚ ‘यदि १८ महिनासम्ममा भ्याक्सिनको विकास भयो भने‚ त्यो एकदम आश्चर्यको विषय बन्नेछ।’

-एजेन्सीहरूको सहयोगमा@स्वास्थ्यखबर

बाट थप

  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासाक्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बरयो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
  • रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बररूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोसबर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    समाचार
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑