• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई कांग्रेसले र्‍याखर्‍याख बनायो, कुनै पनि षड्यन्त्रले काम नलाग्ने

२०७७ बैशाख २१, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई कांग्रेसले र्‍याखर्‍याख बनायो, कुनै पनि षड्यन्त्रले काम नलाग्ने


Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

भरतपुर, चितवन। चितवनको भरतपुर कोरोना अस्पतालका स्वास्थ्य सामग्री चोरी गरेको आरोप लागेका कर्मचारीहरूलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले दवाव दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृसमेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले तत्काल स्वास्थ्य सामग्री चोर्ने कर्मचारीहरूलाई निलम्बन गर्न माग गरेका हुन् । उनीहरूले घटनाको सत्य तथ्य छानविन गरी कारबाहीको माग पनि गरेका छन् ।

मेयर दाहाललाई भरतपुर महानगरपालिकाकी कांग्रेसबाट निर्वाचित उपमेयर पार्वती शाहसहित वडाध्यक्षहरूले बुधबार ज्ञापन पत्र बुझाएर सामान चोरी गर्ने कर्मचारीलाई निलम्बन र कारबाहीको माग गरेका हुन् ।

बुधवार महानगरका मेयर रेणु दाहाललाई भेटेर ज्ञापनपत्र बुझाउँदै उनीहरुले महानगरबाट खटिएका कर्मचारीसमेतको संलग्नतामा अस्पतालका सामग्री चोरी गरिएको गम्भीर आरोप लागेकाले तत्काल उनीहरुलाई कारबाही गर्न माग गरिएको हो ।

कांग्रेसका जनप्रतिनिधिहरूको ज्ञापन पत्र बुझ्न मेयर दाहालले आनाकानी गरेकी थिइन् । त्यपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले आगामी कार्यपालिका बैठकमा भाग नलिने चेतावनी दिएपछि मेयर दाहालले ज्ञापन पत्र बुझेकी थिइन् ।

कांग्रेसका जनप्रतिनिधिहरूले आरोपित तीन जना कर्मचारीहरूलाई निलम्बन गरी छानविन र कारवाहीको माग गरेका छन् । अन्यथा यसको सम्पूर्ण जवाफदेही मेयर दाहाल हुनुपर्ने भन्दै सचेत गराएका छन् ।

‘कार्यालयका कर्मचारीसमेतको संलग्नतामा अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक सामग्रीहरू अपचलन (चोरी)गरी लगेको कुरा विभिन्न समाचारमाध्यम, सामाजिक सञ्जाल र अस्पतालको प्रत्यक्ष सीसीटिभी फूटेजबाट बाहिर आएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘उल्लेखित कार्य गर्ने यस कार्यालयका कर्मचारीलाई यथाशीघ्र निलम्बन गरी संलग्न अन्य सहभागीसमेतलाई कारबाही गरी आवश्यक छानबिन गर्न अनुरोध गर्दछौं ।’

अस्पताललाई आर्थिक हानी पु¥याउने कार्य आर्थिक भ्रष्टाचारजन्य गम्भीर अपराध भएको उपमेयर तथा वडाध्यक्षहरूको ठहर छ । ज्ञापन पत्रमा उपमेयरसहित १३ जना वडाध्यक्ष र दुई जना कार्यपालिका सदस्यले हस्ताक्षर गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको थियो ।

उपमेयर पार्वती शाह ठकुरी, वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, वडा नम्बर ६ का हरिविलास कोइराला, ८ का अध्यक्ष दामोदर न्यौपाने, १४ का अध्यक्ष ओमप्रकाश पोखरेल, १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी, १६ का अध्यक्ष अमृतराज हमाल, १७ का अध्यक्ष ललितमान तामाङ, १८ का अध्यक्ष दीपक लामा, १९ का अध्यक्ष कर्णबहादुर गुरुङ, २० का अध्यक्ष मणिलाल तामाङ, २७ का अध्यक्ष गोविन्दबहादुर तामाङ तथा कार्यपालिका सदस्यद्वय पवित्रा केसी र गीता शर्माले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

वडाध्यक्ष अधिकारीले महानगरपालिकाका कर्मचारीकै संलग्नतामा अस्पतालको सामानमा अपचलन हुनु चिन्ताको विषय भएको बताए । उनले घटना बाहिर आउँदा पनि मेयर दाहालले आँखा चिम्लिएर बस्न नहुने बताए ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद खनाल, सञ्जय बराल र सूर्य तिवारीले स्टोरबाट सामान चोरेको आरोप लागेको छ ।
तीनै जना देखिने सीसीटिभी फूटेजमा रातको समयमा उनीहरूले स्टोरका विभिन्न सामान पोको पारेर बाहिरिएको देखिएको छ ।

तीन जनामध्ये खनाल र तिवारी भरतपुर महानगरका कर्मचारी हुन् । बराल भने भरतपुर अस्पतालमा कार्यरत छन् । स्वास्थ्य सामग्री चोरी घटनामा आरोपित तीन जना नै नेकपा निकटको कर्मचारी संगठनका हुन् ।

आरोपित तीन जनालाई मेयर दाहलले संरक्षण गर्न खोजेको आरोप छ । हेटौंडा कार्यालयबाट मंगलबार आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अस्पतालमा छापा मारेको छ ।

केन्द्र सरकारका मन्त्री र उच्च तहका कर्मचारीहरू नै स्वास्थ्य सामग्री खरिदमा मुछिएको भन्दै विरोध भइरहेका बेला भरतपुर महानगरपालिकामा पनि नेकपा सम्बद्ध कर्मचारीहरू नै कोरोनाको स्वास्थ्य सामग्री चोरी प्रकरणमा मुछिएपछि गम्भीर चिन्ता र चासो उब्जिएको छ ।

चितवन कांग्रेसले कोरोना अस्पतालका स्वास्थ्य सामग्री चोरी प्रकरणका दोषीलाई बचाउन खोज्नेहरूका विरुद्ध भण्डाफोर गर्ने जनाइ सकेको छ । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पनि यसअघि ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेका छन् । उनले कम्युनिस्टहरूले सामान चोरी गर्ने कर्मचारीहरूलाई बचाउन मेयरसहितका नेकपाका नेताहरू लागेको भन्दै आक्रोश प्रकट गरिसकेका छन् ।

बाट थप

  • अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुनेपेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
  • चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापनचाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन
  • अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योटअख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑