नेपालगञ्ज| नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल स्राेतका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
थप संक्रमितको बारेमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गरिसकिएको र केहीबेरमा यसबारे औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी भइरहेको स्राेतले बतायाे।
यसअघि आजै नेपालगञ्जमा ९ र बारामा एक जना कोरोना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छन्।
बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएका हुन्। बाँकेमा कुल संक्रमितको संख्या १६ पुगेको छ।
संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ। १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा ६० वर्षीयमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको थियाे।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस