काठमाडौं। नेकपाको राजनीतिक खिचातानी तत्काललाई टर्ने संकेत देखिएको छ। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समेत मिलेर घेरावन्दी गरेपछि केहि रक्षात्मक भएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेसँगै नेकपाको राजनीतिले कोल्टे फेर्ने आँकलन गरिदै थियो।
यहि बीचमा चिनियाँ राजदुत हौउ यान्छिले सोमबारदेखि जुन तहमा गतिविधी बढाइन त्यसपछि प्रधानमन्त्री खड्ग प्रसाद ओलीको खड्गो टर्ने अडकल काँटिदै थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ राष्ट्रपति सि जिनपिङसँग कुराकानी गराएदेखि सिकै निर्देशन अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री नेकपाका अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग एकपछि अर्को भेटघाट गरेकी यान्छीको पहलले मूर्तरुप लिने देखिदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेरावन्दी गर्ने अन्तिम प्रयास गरेपनि चिनियाँ सदासयता केपी ओलीप्रति देखिएपछि प्रचण्ड र नेपाल मिलिजुली जान वाध्य हुने अवस्था सिर्जना आएको हो। यो अवस्थामा दुवैको मानमर्दन नहुनेगरि विकल्प खोजिदैछ।
यति हुँदाहुँदै पनि केपी ओलीले सचिवालयको वैठक हुनुअघी वामदेव गौतम, ईश्वर पोखरेल, बिष्णु पौडेल र राम बहादुर थापा सहितको वैठक गरेर आफ्नो सामर्थ्य देखाइदिए। उनले सचिवालयमै कमजोर भएको भनेर आफ्ना बिरुद्ध प्रचार भइरहँदा त्यसलाई पनि चिरेका छन्।
सचिवालयबाट प्रधानमन्त्रीलाई राजिनामा दिन वाध्य पारेर स्थायी समितिबाट निर्णय गराउने प्रयासलाई पनि उनले चिरेर पटक पटक धोका पाउँदै भकुण्डो बनेका वामदेवलाई यसपटक भने धोका नदिने वचन समेत ओलीले दिएका थिए। गौतमलाई विश्वास दिलाउन ओलीले खगराज अधिकारीले पोखरा, महेश बस्नेत भक्तपुर, रामविर मानन्धर काठमाडौं, खेम लोहनी धार्दिङ, दल बहादुर रानामगर पाल्पा, बाँके र बर्दियाको सहज र सुरक्षित हुने कुनै सीटबाट वहालवाला सांसदलाई राजिनामा दिन लगाएर भएपनि मंसिरभित्र चुनाव गराउने ओली आश्वस्त पारेका थिए। यसबीचमा सके संविधान संसोधन गरेरै भएपनि राष्ट्रिय सभाबाटै सांसद बनाएर प्रधानमन्त्री बनाउन बाटो खोल्ने कुरामा पनि ओलीले गौतमलाई आश्वस्त पारेका थिए।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कुरामा सहमत भएका गौतमले त्यसपछि प्रधानमन्त्रीले दुबै पदबाट राजिनामा दिनु नपर्ने भनाइ वालुवाटारमै राखे।
यसरी रुपमा वामदेव देखिए पनि सारमा चाइना दाहिना भएपछि प्रधानमन्त्री खड्ग प्रसाद ओलीको यो पटक खड्गो टरेको नेकपाकै एक नेताले बताए। उनले भने झण्डै दुई तिहाईको सरकारमा वहुमत पुर्याउन प्रधानमन्त्रीलाई पसिना छुट्नु पर्ने अवस्था आयो। तर यो अवस्थाबाट पार गर्दै अघी बढ्न सक्दा भने प्रधानमन्त्री ओली नेकपाका अन्य नेताहरु प्रचण्ड, नेपाल र झलनाथ खनाललाई धेरै पछि छोड्दै आफ्नो अनुकुलमा सरकार र पार्टी चलाउने अवस्थामा पुग्ने देखिएको ति नेताले बताए।@hamrakura
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस