काठमाडौं, वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले दुईजना अध्यक्ष मिल्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। आज दिनभरनै प्रधानमन्त्री निवास बालुवाटारमा रहेका नेता गौतमले पहिला दुईजना अध्यक्ष मिल्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई आफ्नाबारेमा जे प्रस्ताव ल्याए पनि दुईजना अध्यक्ष मिलेर ल्याउन आग्रह गरेका स्रोतले बताएको छ। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति निवास शीतलनिवास पुगेर उनले राष्ट्रपतिसँग भेट गरेका हुन्। उनको सचिवालय स्रोतले दिएको जानकारीअनुसार भेटवार्ता भए पनि किन भेट भएको हो भन्नेबारेमा केही खुलाइएको छैन। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक जारी छ।
प्रतिक्रिया दिनुहोस