• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अध्यादेश मार्फत् एसईई र कक्षा ११ को परीक्षा खारेज गर्नुपर्ने बागमती प्रदेशको सुझाब

May 1, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
अध्यादेश मार्फत् एसईई र कक्षा ११ को परीक्षा खारेज गर्नुपर्ने बागमती प्रदेशको सुझाब


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । बागमती प्रदेशले कक्षा १० को एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुने विकल्प अगाडि सारेको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले विद्यालय तहको अन्तिम परीक्षा १२ भएकाले अन्य परीक्षा राष्ट्रियस्तरमा गर्न नपर्ने बताउनु भयो ।

शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र बागमती प्रदेशले शिक्षा व्यवस्थापनका लागि गरेको तयारीबारे सामाजिक विकासमन्त्री दुलालसँग बिहिवार गरेको भर्चुअल प्रेस मिटमा बोल्दै उहांले यस्तो बताउनु भएको हो ।

अध्यादेशमार्फत् ऐन संशोधन गरेर एसईई र कक्षा ११ को राष्ट्रियसतरको परीक्षा खारेज गर्न सकिने उहाँले बताउनुभयो । कक्षोन्नती गर्ने यी परीक्षा राष्ट्रिय तामझामका साथ गर्नुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ थियो ।

कक्षा १२ को परीक्षा लकडाउन खुलेपछि विद्यालयलाई होम सेन्टर मानेर सञ्चालन गर्नुपर्ने पक्षमा प्रदेश रहेको भन्दै मन्त्री दुलालले यही सुझाब आफुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई समेत दिएको बताउनु भयो ।

विद्यालयतहका सबै पाठ्य पुस्तक विद्यालयले नै व्यवस्थापन गरि विद्यार्थीको घरघरमा पुर्याउने तथा कक्षा ६ देखि १०सम्मका अङ्ग्रेजी, गणित र विज्ञान विषयका कक्षाहरु रुटिन मिलाएर स्थानीय एवं केन्द्रिय टेलिभिजनबाट सञ्चालन गर्नुपर्ने सुझाव शिक्षामन्त्री समक्ष राखेको उहाँले जानकारी दिनु भयो ।

केही विषयका शिक्षण सिकाइ स्थानीय एफएम रेडियोमार्फत सञ्चालन गर्ने र स्थान र परिवेश अनुसार अनलाइन र अफलाइनमार्फत् सिकाइका अवसरहरु प्रदान गर्ने विकल्प बारे पनि  प्रदेशले तयारी गरेको उहाँको भनाई छ ।

अनलाइनको पहुँच सबैस्थानमा नपुगेको र यसका लागि चाहिने उपकरणको व्यवस्थापन सजिलो नभएकाले पुरै अनलाइन शिक्षामा जान नसकिने भएकाले विभिन्न दूर शिक्षाका विधिहरु अपनाउनुपर्ने प्रदेशको दृष्टिकोण रहेको मन्त्री दुलालले स्पष्ट पार्नु भयो ।

लकडाउन पछि दूगर्म र विकट क्षेत्र जहाँ बाहिरी व्यक्तिहरुको आगमन हुँदैन त्यस्ता स्थानहरु पहिचान गरेर जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वय र स्वास्थ्य कार्यालयको सिफारिसमा स्थानीय तहबाट विद्यालय खोली विद्यार्थी संख्याका आधारमा आलोपालो गरी अध्ययन अध्यापन गर्न सहजीकरण गर्न सकिने पनि मन्त्री दुलालको भनाई छ ।

‘विश्वबाटै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म वा औषधी पत्ता नलागेसम्म लकडाउन सकिएपनि तत्काल विद्यार्थी उपस्थित गराएर विद्यालय सञ्चालनको वातावरण बनिहाल्दैन’– मन्त्री दुलाले भन्नुभयो, ‘यसैकारण स्थायी समाधान नहुँदासम्म सरकारले वैकल्पिक बाटो अपनाएर जानुपर्छ ।’ यीसबै सुझाबहरु प्रदेशले संघीय सरकार समक्ष राखेको उहाँले जानकारी दिनु भयो ।

मन्त्री दुलालका अनुसार बागमती प्रदेशले विभिन्न पक्षहरुसँगको छलफल र सुझाबका आधारमा प्रदेश भरीको शैक्षिक गतिविधिमा एकरुपता गर्न र सिकाइ क्रियाकलापलाई निरनतरता दिन पत्रचार मार्फत् स्थानीय तहहरुसँग समन्वय गरिहेको छ ।

प्रदेश सरकारले निर्णय गरी वैकल्पिक माध्यमबाट नतिजा प्रकाशन र भर्ना शुरु गर्न, विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको उहाँले बताउनु भयो ।

पाठ्यपुस्तक ढुवानी र वितरणलाई सहज बनाउने, नियमित कक्षा सञ्चालन नहुँदासम्म बालबालिकालाई घरमै बसेर सिक्ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमबाट प्रशारण भइरहेको दूर शिक्षा कार्यक्रम तथा अन्य वैकल्पिक अनलाइन, अफलाइन  सिकाइका अवसरमा सहभागी हुने व्यवस्था मिलाउन पत्रचार गरिएको जानकारी दिदै मन्त्री दुलालले प्रदेशले केन्द्रबाट दूर शिक्षाका सामग्री ल्याएर विद्यार्थीसम्म पुर्याउन प्रयास गरिरहेको बताउनु भयो ।@इपाटी

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑