कोरोना भइरसका कारण लकडाउन भएपछि सुरु गरिएको सेनीटाइजेसन गर्ने कार्य नेपालमै पहिलो पटक गैंडाकोटको पुलचोकमा सुरु गरिएको र २० औं दिनसम्म पनि जारी रहेको बताउनुभयो । यसै गरी नवलपुरको पश्चिम नाका विनयी त्रिवेणीमा सुरु गरिएको संयोजक कंडेलले बताउनुभयो ।
दिनमा करीव १ हजार सवारी साधनलाई सेनीटाइजेसन गरिएको र केही पैदलयात्रीहरुले पनि फाइदा लिएको बताउनुभयो । यसलाई आगामी दिनमा पनि जारी राख्ने बताउनुभयो । सेनीटाइजेसन गर्ने कार्यले रोगलाई रोक्न सहयोग पुग्ने भएकोले यसले हामीलाई केही राहत मिलेको सवारी चालकहरुले बताएका छन् ।
सेनीटाइजेसनले रोगसँग लड्ने मनोवल बढाउन बल प्रदान गरेको पनि प्रतिक्रिया दिएका थिए । यसैबीच आजै अर्थात विहीवार गैंडाकोटको वडा नम्बर १ मा आएका एनटीसीका नौ वटा सवारी साधनलाई पूर्णतह सेनीटाइजेसन गरिएको अभियन्ता रमेश ढकालले बताउनुभयो । केही बेर गैंडाकोट २ का स्थानीयले अवरोध गरेका थिए भने सोही क्रममा सम्पूर्ण सवारी साधनलाई सेनीटाइजेसन गरी गन्तब्यमा पठाइएको २ नं का वडा अध्यक्ष धु्रवराम पौडेलले जानकारी दिनुभयो । यसैगरी गैंडाकोटका वडा नम्बर १ र २ का जुन सडकबाट सवारी साधन गन्तब्यमा गएका थिए ती सडकमा स्थानीयहरुको आग्रहमा सेनीटाइजेसन गरिएको संयोजक कंडेलले जानकारी दिनुभएको छ ।
आफूहरु स्थानीयबासीको स्वास्थ्यको विषयमा गम्भीर भएकोले उहाँहरुले आग्रह गर्नुभएको र आग्रह बमोजिम सेनीटाइजेसन गरिएको उहाँले बताउनुभयो । यसअघि लकडाउन सुरु भएदेखि नै पैदल यात्रीहरुलाई खाजा नास्ता लगायत पानीको सुविधा दिइएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस