• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन ४० आम नागरिकको अपिल

May 1, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ९ मिनेट
केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन ४० आम नागरिकको अपिल


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

सरकारकै संलग्नतामा सांसद अपहरण र स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार लगायतका विसंगतीमाथि कडा प्रहार

काठमाडौं। संविधानको मर्म, लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गर्दै सरकारकै संलग्नतामा सांसद अपहरण र स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार लगायतका विभिन्न विसंगतीमाथि केहि जागरुक नेपाली नागरिकले कडा प्रतिक्रिया जनाएका छन्। लोकतान्त्रिक व्यवस्थामा जनताको हित नै सर्वोपरी ठानेर काम गर्नुपर्ने बेलामा सरकारमा बस्नेहरुले महामारीलाई समेत भ्रष्टाचार गर्ने अवसरको रुपमा लिनु अत्यन्त खेदजनक भएको उनीहरुले बताएका छन्।

स्वदेश तथा विदेशमा रहेका आम नेपाली नागरिकहरुको नामबाट ४० जनाले जारी गरेको अपीलमा सरकारले गर्न नसकेको कामका बारेमा कडा प्रहार गरिएको छ। दश नागरिक अगुवाको सरकारको पक्षमा अपिल आएको भोलिपल्ट उनीहरुलाई पनि काउण्टर हुनेगरि यो अपिल आएको छ। अपिल जस्ताको तस्तैः

स्वदेश तथा विदेशमा रहेका आम नेपाली नागरिकहरुको अपील

विगत केही महिनादेखि कोभिड १९ को  महामारीबाट नेपाल लगायत विश्व नै आतंकित छ। महामारीका कारण कष्टकर अवस्थामा स्वदेश र विदेशमा रहेका सबै नेपाली आम नागरिककोतर्फबाट हामीले यो अपील जारी गरेका छौं।

  • विश्व स्वाथ्य संगठनले घोषणा गरेको कोभिड १९ को विश्वव्यापी महामारीको अवस्थामा जनताको न्युनतम आवश्यकता र स्वास्थ्य सेवामा जोड दिनु हरेक लोकतान्त्रिक सरकारको जिम्मेवारी र कर्तव्य हो। तर, वर्तमान सरकार लकडाउनको अवस्थाको दुरुपयोग गरी सांसद अपहरण र भ्रष्टाचारमा लिप्त छ। संविधानको मर्म, लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गर्दै सरकारकै संलग्नतामा सांसद अपहरण र स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार भएको कुरा कसैबाट छिपेको  छैन।
  • लोकतान्त्रिक व्यवस्थामा जनताको हित नै सर्वोपरी ठानेर काम गर्नुपर्ने बेलामा सरकारमा बस्नेहरुले महामारीलाई समेत भ्रष्टाचार गर्ने अवसरको रुपमा लिनु अत्यन्त खेदजनक छ। हामी स्वास्थ्य सामाग्री भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई तत्काल कानूनी कारवाही अगाडि बढाउन जोडदार माग गर्दछौं।
  • सामाजिक सन्जालमा सरकारको आलोचना गरेकै आधारमा मुद्दा चलाउने, संचार माध्यममा अन्तरवार्ता लिएको कारण स्पष्टीकरण सोध्ने र कारवाही चलाउने सरकारको कदमको पनि हामी निन्दा र भर्त्सना गर्दछौं। सरकार र सरकारमा रहेका व्यक्तिहरुलाई गाली गरेको निहुमा आफ्ना विरोधमा आवाज उठाउनेलाई कानुनको गलत प्रयोग गर्दै साइबर क्राइममा मुद्दा चलाउने प्रवृत्तिले संविधानले प्रत्याभुत गरेको व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं।
  • नागरिकले खान नपाएर भोकै,नाङ्गै रूवाबासी गर्दा, कलिला सन्तान च्यापेर खालीखुट्टा सयौं किलोमिटर हिंडेर घर फर्किरहेका समाचारहरु निरन्तर आइरहॅंदा पनि सरकार मुकदर्सक बनेर बसेको र सरकारी राहत केबल घोषणामा सिमित रहेको छ। सिमामा रहेका हजारौं नेपाली नागरिक आफ्नै मुलुक फर्कन पाएका छैनन्। यस्तो अवस्थामा नागरिकको उद्दार र राहतमा लाग्नु पर्ने सरकार सत्ता  र शक्तिको लडाईंमा लागेको छ। जनाताको आर्थिक–सामाजिक जीवन अस्तव्यस्त भएको संकटको बेलामा देखाएको यस्तो असंवेदनशील व्यवहारको जति भर्त्सना गरेपनि कम हुन्छ।
  • नेपालको जनसंख्याको ठूलो हिस्सा विदेशमा रहेको छ। नेपालभित्रै रहेका जनताको बारेमा नसोचेको सरकारले विदेशमा रहेको यो जनसंख्याको बारेमा सोच्ला भनेर आशा गर्नु झनै हाँस्यास्पद हुन्छ। विदेशमा रहेका हजारौं नागरिकले रोजगारी गुमाएका छन्। तर अर्थतन्त्रको ठूलो हिस्सा रेमिटेन्सले धानेको देख्दादेख्दै पनि उनीहरुका बारे कुनै योजना नहुनु झन् पीडादायी छ।
  • नागरिकका न्युनतम आवश्यकतातर्फ ऑंखा चिम्लेर संविधानको मर्म विपरित अन्य पार्टी फुटाउने र संवैधानिक नियुक्तिमा एकलौटी नियुक्ति गर्ने हिसाबमा अध्यादेश जारी गर्नुले यो सरकारको प्राथमिकता स्पष्ट पारेको छ।
  • सरकारले यो विपदको समयमा निर्धारण गरेका प्राथमिकतालाई हेर्दा वर्तमान सरकारले यो विपत्तिबाट पार लगाउन सक्दैन। महाव्याधीबाट छुटकारा पाउनको लागि कुनै योजना बनाउन नसकेको यस अवस्थामा केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई पदबाट राजीनामा दिन र आफ्नो पद र सत्ताको फोहोरी खेल सरकारबाट हेटेर खेल्न हामी जोडदार माग गर्दछौं।
  • महिनादिनभन्दा  लामोसमयसम्म गरिएको लकडाउनले काम गरेर छाक टार्नुपर्ने जनताको जीवन दिनप्रतिदिन खराब बन्दै गएको अवस्थामा कोरोना संक्रमण नभएका वा कम भएका ठाउँमा लकडाउनलाई खुकुलो पार्दै मानिसको जनजीवन सहज बनाउनेतिर सरकारको ध्यानाकर्षण गराउँदछौं।
  • र अन्त्यमा, यो संकटको घडीमा पनि  उच्च मानवीय भावना साथ आफ्नो कार्यमा खटिरहनु भएका सम्पूर्ण  स्वास्थ्यकर्मी,  सुरक्षाकर्मी र सुचनाकर्मीहरुमा हामी हार्दिक धन्यवाद र  उच्च सम्मान प्रकट गर्दछौं।

हस्ताक्षरकर्ताः

नेपालडायरी, बिस्वदिप लामिछाने , राजेश लुइटेल, विनोद खतिवडा, घिमिरे संसार, रोमन भट्टराई, रामराज शर्मा, सरोज चांपागाई, उमेश सत्याल, रामहरी पौडेल, केशब शर्मा , अमृत पौडेल, राविश शर्मा प्याकुरेल, प्रकाश भट्टराई, ल्हेन्डुप दोर्जे, विद्युत लामिछाने, मुक्ति अर्याल, बिक्रम खतिवडा, नारायण काफ्ले, आस्था शर्मा, तारा गौतम, सुरज रायमाझी, किरण खड्का, तेज ब लामा, लव खड्का, रामहरी न्यौपाने, पर्शुराम कार्की, खिमलाल पन्थी, सगेन्द्र राई, दिपक शर्मा, सृजन अधिकारी, शुशिल कार्की, संजय भण्डारी, पवन गौतम, गीतश्री पहारी, प्रमित लिबाङ्गी, धिरज कोइराला, राम शरण चौलागाईं , पि आर बराल, धोनु थापा।@हाम्रा कुरा.कम

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑