
चितवन, वैशाख १६–
भरतपुर अस्पतालका पूर्वअध्यक्ष खिमलाल भण्डारीले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोरमा भएको चोरीको घटनामा संलग्न कर्मचारीको निश्पक्ष छानविन हुनुपर्ने बताएका छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गम्भिर प्रकृतिको घटना भएकाले निश्पक्ष छानविन हुनुपर्ने बताए ।
नारायणी अनलाइनसंग कुरागर्दै पूर्वअध्यक्ष भण्डारीले भने–‘मैले केही कर्मचारीको विगतदेखि नै नियतमाथि नै प्रश्न उठाउँदै आएको थिए, आज यस्तो घटना सार्वजनिक हुँदा निश्पक्ष छानविन हुनुपर्छ ।’ उनले कोही पनि अन्यायमा पर्न नहुने भन्दै न्याय दिलाउने कार्य नै निश्पक्ष छानविनबाट हुने बताए । उनले भने–‘संलग्न कर्मचारीले पनि आफू निर्दोष वा दोषी छु भन्ने महसुस गर्नुपर्छ, यसको एउटा मात्रै विकल्प हो निश्पक्ष छानविन ।’
उनले विभिन्न संस्थाहरुबाट सार्वजनिक विज्ञप्ती अध्ययन गरेको भन्दै यस्तो घटनालाई बचाउनुको साटो गलत गर्नेलाई कारवाही गर्नतर्फ सहयोग गर्नुपर्ने बताए । पूर्वअध्यक्ष भण्डारीले आफ्नो फेसबुकमा समेत लेख्दै केही कर्मचारीको नियतमाथि प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्–‘मैले यहीँ व्यक्तिहरुको बारेमा पार्टी नेतृत्वमा जानकारी गराएको थिए, नेताको पछि लाग्ने, काम नगर्ने, हस्पिटलको स्रोतमा आँखा लगाउने, हस्पिटलको नेतृत्वलाई नटेर्ने, गलत मानिसहसंग संगत गर्ने आदी चरित्र भएका व्यक्तिहरु हुन्, सत्य जगजायर भयो, राम्रो भयो ।’
यस प्रकरणमा मुछिएका मध्ये कर्मचारीका नेता सञ्जय बराल भरतपुर अस्पतालकै कर्मचारी हुन् । उनी अस्पतालमा कार्यरत रहँदा भण्डारी अध्यक्ष थिए । पूर्वअध्यक्ष भण्डारीको संकेत बराल लक्षित देखिन्छ ।
भरतपुर कोरोना अस्पतालको स्टोरबाट रातीको समयमा विभिन्न सामग्रीहरु लिएर तीन जना कर्मचारीहरु सञ्जय बराल, सूर्य तिवारी र फणिन्द्र प्रसाद खनाल बाहिर निस्किएको सिसिटिभी फुटेज बाहिरिएको थियो । सो सिसिटिभी फुटेजमा एक जना कर्मचारीहरुलाई उनीहरुले कुटपिट समेत गरेको देखिन्छ ।@नारायणी अनलाइन
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस