जारी टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । पाकिस्तान टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ । भारतले आफ्नो टिममा आज कुनै परिवर्तन गरेको छैन भने पाकिस्तानले आफ्नो पछिल्लो खेल एक परिवर्तन गरेको छ । पाकिस्तानले आजम खानको ठाउमा इमाद वाशिमलाई प्लेइङ ११ मा राखेको छ ।
बर्षाले प्रभावित भएपछि यो खेल केहि ढिलो गरि शुरु हुने भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस