चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा निःशुल्क केश कर्तन तालिम सञ्चालन भएको छ । युवालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले केश कर्तन तालिम सञ्चालन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले युवालाई आयआर्जनसँग जोड्दै, स्वरोजगारका अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन गत बिहीबारदखि निःशुल्क केश कर्तन तालिम सुरु गरिएको जानकारी दिनुभयो । “युवालाई सीपसँगै स्वरोजगार बनाएर आयआर्जनसँग जोड्न तालिम सुरु गरेका छौँ । हातमा सीप भएपछि बेरोजगार बस्नु पर्दैन”, उहाँले भन्नभुयो, “आगामी दिनमा अन्य विधिमा पनि तालिम सञ्चालन गर्ने योजना बनाएका छौँ ।”
अध्यक्ष गुरुङले पालिकाको माथिल्लो भेगको वडाका बासिन्दा केश कर्तन गर्नका लागि कुरिनटार मुग्लिनलगायत बजारमा आउनुपर्ने बाध्यता रहेकामा तालिमपछि स्थानीयस्तरमा नै केश कर्तन हुने बताउनुभयो । सीप भएपछि गाउँमै सैलुन खोलेर युवा स्वरोजगार बन्न सक्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “विशेष गरेर माथिल्लो भेगका स्थानीय केश कर्तनका लागि बजार आउनुपर्ने बाध्यता थियो । अब गाउँमै सैलुन खोलेपछि सहजता हुनुका साथै स्वरोजगार पनि बन्न सकिन्छ ।”
तालिममा सातवटै वडाका २० जना युवाको सहभागी रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । बिहीबारदेखि सुरु भएको तालिम आगामी असार ९ गतेसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस