भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार चितवन आउने भएका छन् । जिल्ला कमिटी, चितवनको ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् ।
नवनिर्वाचित सचिव प्रकाश ढुंगानाका अनुसार ११औँ जिल्ला अधिवेशन उद्घाटन भएको भरतपुर–४ स्थित लंकुमा रहेको ग्यालेक्सी गार्डेन रिसोर्टमा शुक्रबार बिहान ११ बजेबाट कार्यक्रम प्रारम्भ हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ढुंगानाले जानकारी दिए ।
कार्यक्रम अनुसार प्रमुख निर्वाचत अधिकृत जगन्नाथ भण्डारीले नवनिर्वाचित अध्यक्ष पाठक र लेखा आयोगका अध्यक्ष शंकर अधिकारीलाई शपथ ग्रहण गराउने छन् भने अध्यक्ष पाठकले जिल्ला पदाधिकारी, सदस्य तथा लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।
सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको ढुंगानाले बताए । उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थितिका लागि आह्वान समेत गरे ।
एमाले चितवनको ११ औँ अधिवेशन गत १२ गते उद्घाट भई १६गते बिहान जिल्ला कमिटीको निर्वाचन परिणाम घोषणा भएको थियो । शपथ ग्रहणसँगै नवनिर्वाचित कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हाल्ने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस