काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे(धावनमार्ग) चर्किएको छ । धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा चिरा देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको छ ।
चिरा देखिएपछि विमानस्थल पौने घण्टादेखि बन्द रहेकाे छ । सञ्चालनमा ल्याउन अझै आधा घण्टा लाग्ने विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
रनवे चर्किएसँगै थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज, मलेसियाबाट आएको मलेसियन तथा नेपाल वायुसेवा निगमको विमान यतिखेर आकाशमै होल्ड गरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस