भरतपुर,जेठ ८-
तनहुँको देवघाटका राम भुजेलको भरतपुरस्थित एलाइभ अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार सुरू भएको छ । मङ्गलबार नारायणी अनलाइनसहित चितवनका सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि एलाइभ अस्पतालले निःशुल्करूपमा उपचार सुरू गरेको हो । एलाइभ अस्पतालका सञ्चालक डा प्रमोद लामिछानेको नेतृत्वमा उपचार सुरू गरिएको हो ।
देवघाट–४ स्थित रातेपानीका ११ वर्षीय राम भुजेल २०७९ सालको माघ महिनामा भीरबाट लडेर घाइते भएका थिए । उनको दायाँ हात भाँचिएको थियो । समयमै उपचार नपाएपछि पाखुराको हड्डी नै बाहिर निस्किएको थियो । उक्त विषयमा समाचार देखेपछि एलाइभ अस्पतालका डा लामिछानेले उपचार गराउने जिम्मा लिएका थिए ।
भुजेलको विषयमा समाचार सार्वजनिक भएपछि भुजेल सेवा समाज चितवनले समेत तदारूकता देखाएर रामको उपचारमा सक्रियता देखाएको छ । समाजका अध्यक्ष रामबहादुर भुजेल, सचिव सञ्जय भुजेललगायतको टोली बिरामी रामलाई लिन भोर्ले पुगेका थिए । देवघाटको रातेपानीबाट हजुरआमाले भोर्लेसम्म ल्याइदिएपछि त्यसपछि भुजेल सेवा समाजका पदाधिकारीहरूले भरतपुरसम्म ल्याएका थिए । त्यसपछि मङ्गलबार साँझदेखि नै उपचार सुरू गरिएको छ ।
डा लामिछानेका अनुसार लामो समयसम्म उपचार नपाएका कारण उपचारमा लामो समय लाग्ने देखिएको छ । ‘तर, उपचार सम्भव छ, जति गर्न सक्छौँ, हामी गर्छौँ,’ उनले भने । भाँचिएर बाहिर निस्किएको हड्डी पूर्णरूपमा मरिसकेको हुँदा त्यसलाई बाहिर निकालिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस