भरतपुर महानगरपालिका–१५ मनकामना चोकस्थित एक कपास उद्योगमा गएराति आगलागी भएको छ ।
रौतहट माधवनगर नगरपालिका–१ घर भई हाल भरतपुर–१५ मा बस्दै आएका कौशल किशोर यादवले सञ्चालन गरेको मंगलपुर कपास प्रशोधन केन्द्रमा सोमवार बिहान साढे २ बजे अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।
स्थानीय र दमकलको सहयोगमा बिहान ३ः२० बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
आगलागीबाट कपास उद्योग पूर्ण रुपमा नष्ट भएको र करिब नौ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस