काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ ।
यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल ए पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार बेहोरेको थियो ।
एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस