
काठमाडौं – अस्ट्रेलियाका विश्वविद्यालयहरुको वरीयतामा फेरबदल भएको छ । गृहमन्त्रालय अन्तरगतको अध्यागमन विभागले विदेशी विद्यार्थीहरु भर्ना हुने विश्वविद्यालयहरुको वरीयतामा फेरबदल गरेको हो । ‘असिस्मेट लेभल’ नाम दिइएको उक्त वरीयतालाई ‘इभिडेन्स लेभल’मा परिणत गर्दै अस्ट्रेलियाले कलेजहरुको वरीयता फेरबदल गरेको छ ।
अस्ट्रेलियामा रहेका ४२ वटा विश्वविद्यालयमध्ये १६ वटा विश्वविद्यालयहरु वरीयताको पहिलो नम्बरमा परेका छन् । पहिलो नम्बरमा परेका विश्वविद्यालयमा भिसा एप्लाई गर्दा अध्यागमन कार्यालयले प्राथमिकता दिने गर्दछ । २३ वटा विश्वविद्यालहरु दोश्रो बरियतामा परेका छन् । दोश्रो र तेश्रो बरियतामा रहेका विश्वविद्यालयमा एप्लाई गरेका विद्यार्थीको भिसा कम प्राथमिकतामा पर्ने गरेको छ ।
LIST OF ASSESSMENT LEVEL 1 UNIVERSITY :
✅Deakin University
✅Australian Catholic University
✅Macquarie University
✅Australian National University
✅The University of Sydney
✅University of Technology Sydney
✅UNSW
✅Bond University
✅The University of Queensland
✅University of Sunshine Coast
✅The University of Adelaide
✅Monash University
✅RMIT University
✅The University of Melbourne
✅The University of Western Australia
✅University of Canberra
त्यस्तै तेश्रो बरियतामा तीन वटा विश्वविद्यालयहरु रहेका छन् । यी विश्वविद्यालयमा भिसा लाग्ने सम्भावना निकै कम हुन्छ भने भिसा रेट एक बर्षसम्म पनि नबढे ति विश्वविद्यालयहरु ६ महिनाका लागि निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । नयाँ वरीयता अनुसार १० वटा विश्वविद्यालयको स्तर खस्किएको छ । ८ वटा विश्वविद्यालयहरु पहिलो बरियताबाट दोश्रोमा पुगेका छन् भने दोश्रो बरियतामा रहेका २ विश्वविद्यालय तेश्रो बरियतामा झरेका छन् ।
LIST OF ASSESSMENT LEVEL 2 UNIVERSITY
✅The University of Notre Dame Australia
✅Charles Sturt University
✅Southern Cross University
✅The University of Newcastle
✅University of Wollongong
✅Western Sydney University
✅Charles Darwin University
✅CQUniversity Australia
✅Griffith University
✅James Cook University
✅Queensland University of Technology
✅University of Southern Queensland
✅Flinders University
✅University of South Australia
✅La Trobe University
✅Swinburne University of Technology
✅Victoria University
✅Curtin University
✅Edith Cowan University
✅Murdoch University
पहिलोबाट दोश्रोमा झर्ने विश्वविदालयहरुमा नोट्रे डामी युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, ग्रिफिथ युनिभर्सिटी, मर्दोक युनिभर्सिटी, युनिसा युनिभर्सिटी, वेस्टर्न सिड्नी युनिभर्सिटी, क्विन्सल्याण्ड युनिभर्सिटी, न्यु क्यास्टल युनिभर्सिटी रहेका छन् भने युनिभर्सिटी अफ तास्मिनिया र युनिभर्सिटी अफ न्यु इङ्ल्याण्ड दोस्रोबाट तेश्रोमा झरेका हुन् ।
LIST OF ASSESSMENT LEVEL 3 UNIVERSITY :
✅The University of New England
✅University of Tasmania
✅Federation University Australia
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस