
दिव्यनगर, १९ चैत्र । दान आशा फाउन्डेसनले आदर्श माध्यमिक विद्यालय दिव्यनगरलाइ १ लाख ५६ हजार ३ सय पचास रुपैयाँ सहयोग गरेको छ ।
कक्षा ८ का तिन ९ का १२ र कक्षा १० मा अध्ययन गर्ने ८ गरी २३ जना गरिब जेहेन्दार छात्राहरुलार्इ फाउन्डेसनको तर्फबाट सहयोग आएको विद्यालयका प्रअ मित्रबन्धु चापागार्इ ले बताउनुभयो । फाउन्डेसनले विगत दुई वर्ष देखी निरन्तर रूपमा कक्षा ८, ९ र १० का छात्राहरूलाई अध्ययन खर्च परीक्षा शुल्क साथै अतिरिक्त कक्षा शुल्क लगायत सम्पूर्ण खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
विद्यार्थीहरू सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा स्थानीय कार्यक्रम संयोजक डमर बहादुर गुरुङले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहित आर्थिक सहयोग गर्ने फाउन्डेसनको मुख्य उद्देश्य भएको बताउनुभयो । उहाँले भन्नुभयो आर्थिक अवस्था कमजोर भएकै कारण समस्यामा परेका विद्यार्थीहरूलाई आर्थिक सहयोगले शैक्षिक सामाग्रीले पठन पाठनमा सहज बनाउने छ ।
अध्यक्ष सीता गुरुङ्ग, सदस्यहरू डा. रिता गुरुङ्ग, प्रा. डा. गीता गुरुङ्ग, डा. एलिना गुरुङ्ग, नोरा गुरुङ्ग, सल्लाहकारहरूमा जुद्ध बहादुर गुरुङ्ग, इ. जितेन्द्र कुमार गुरुङ्ग, सिरिक गुरुङ्ग र चितवन कार्यक्रम संयोजक डमर बहादुर गुरुङ्ग रही ललितपुरमा मुख्य कार्यालय रहेको दान आशा फाउण्डेशन ले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस