
चितवन : भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ ।नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै चितवन आउँदै छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि भोलि नै आउने कार्यक्रम तय भएको भरतपुर महानगरपालिकाका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए । तर, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आजै चितवन आउने कार्यक्रम छ
उनका अनुसार उद्घाटन कार्यक्रममा सबै जनालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा गरिएको भएपनि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराइले भने सहभागी हुन नसक्ने जानकारी दिएको उनले बताए ।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ । उद्घाटनअघि भरतपुरको चौविसकोठीबाट नारायणी नदी किनारसम्म विशाल र्याली निकालिँदै छ ।
भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन महानगरले उच्च पदस्थ व्यक्तिहरुलाई निमन्त्रणा गरेको जनाएको छ । भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस