चितवन,भरतपुर महानगरपालिका–२२ बोटे टोलकी एक महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
बिहीवार राति ११ बजेको समयमा बोटे टोल बस्ने ४९ वर्षीय आशामती महतोलाई कुटपिट गरेको आरोपमा सोहि ठाउँ बस्ने ३९ वर्षीय ईश्वरकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादमा ईश्वरकुमार महतोले आशामतीलाई बाँसको लाठिले टाउकोमा हान्दा टाउको फुटि घाइते भई उपचारको लागि चितवन मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार कुटपिट गर्ने ईश्वरलाई पक्राउ गरि अनुसन्धान थालिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस