चितवन,२३ माघ । चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो ।
सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ, रेडमी, ओपो, भिभो, पोको लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको हो ।
प्रहरी कार्यालय चितवनले पछिल्लो दुई महिनामा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई बुझाउन सफल भएको जनाएकाे छ ।
।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस