नवलपरासी, पश्चिम नवलपरासीको बर्दघाटमा एक जना सुनचाँदी व्यवसायीमाथि गोलि प्रहार भएको छ । बर्दघाट नगरपालिका–१६ केराबारी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोली प्रहारबाट व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका छन् ।बर्दघाट घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसाय गर्दै आएका बिश्वकर्मालाई साँझ पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको हो ।
विश्वकर्माको पाखुरामा गोली लागेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । उहाँको भैरहवामा उपचार भैरहेको छ ।घटनापश्चात् उक्त समुहले विश्वकर्मा चढेको स्कुटर लिएर भागेको छ । लुटपाट गर्ने उदेश्यले गोली प्रहार भएको आशंका गरिएको र उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस