चितवन । स्थानीय र संघीय निर्वाचनदेखि नै नेपाली कांग्रेस चितवनमा आन्तरिकरूपमा बढेको आरोपप्रत्यारोप पुन सतहमा नै पुग्ने गरेर छताछुल्ल भएको छ ।
कांग्रेस चितवनका मिलनबाबु श्रेष्ठले विज्ञप्ति नै निकालेर कांग्रेस चितवनका सभापति राजेश्वर खनाललाई तानशाहको आरोप लगाएपछि विवाद सतहमा आएको हो ।
देशभर गठबन्धन सरकार भएको अवस्थामा जिल्लाका सहकारी, विद्यालय व्यवस्थापन समिति, उद्योग वाणिज्य संघको निर्वाचनलगायतमा राजेश्वर खनालले एकलौटी निर्णय गर्ने गरेको मिलनबाबु श्रेष्ठ पक्षधरको आरोप छ ।
विज्ञप्तिमार्फत मिलनबाबु श्रेष्ठले स्थानीय तहमा गठबन्धनको विरोध गरेको, पार्टीलाई संस्थागतभन्दा पनि एकलौटी सञ्चालन गरेको आरोप लगाएका छन् ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई घर झैँ चलाएको मिलनबाबु श्रेष्ठ पक्षधरको आरोप छ। आफ्ना आसेपासेलाई मनलाग्दी मनोनीत गर्ने, गठबन्धनलाई नसघाउने गरेका छन् ।’
जिल्लामा गठबन्धन भए पनि पार्टी सभापति खनालले गठबन्धनको विरोध गरेका कारण पार्टी पाँचौँ स्थानमा खुम्चिनुपरेको समेत उनीहरूको आरोप छ । खनाल शेखर कोइरालानिकट हुन् भने श्रेष्ठ केन्द्रीय सभापति शेरबहादुर देउवानिकट हुन् । देउवानिकट समूह पार्टी जिल्ला कमिटीमा आधाजसो भए पनि कहिल्यै सुनुवाइ नहुने उनीहरूको गुनासो छ ।
जिल्ला कार्यसमितिमा २० जना सदस्य मनोनीत गर्न पाउने भए पनि त्यसमा समेत एकलौटी गरेको उनीहरूको आरोप छ । एक वर्षअघि पनि मिलनबाबु श्रेष्ठ ले सभापति खनालविरुद्ध विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति पनि पार्टी सदस्यमा दुवै पक्षका बराबरी मनोनीत गर्ने सहमति भए पनि पालना नगरेको श्रेष्ठले बताए ।
अहिले विवाद को विचमा गुमनाम रहेको अर्को नाम हो कैलास कोईराला १४ओै जिल्ला अधिवेसनमा सभापति पदका प्रतिस्पर्धिमा थिए उनीपनि, पाच जना प्रतिस्पर्धि मध्य दुई जना प्रतिस्पर्धि उत्तम जोशि (हालका स्वास्थ्य मन्त्री) र सुर्यकान्त घिमिरे ले पहिले नै विज्ञत्ति निकालेर खनाल लाई सपोर्ट गरेका थिए भने एक चरण को चुनाब मा कसैको बहुमत नआय पछि श्रेष्ठले पनि खनाल लाई नै सप्रोट गर्न पुगे र खनाल अन्त्तिममा सर्वसम्मत रुपमा सभापति चुनिए। तर कैलास कोईरालाको भने कसैको समर्थनमा या विरोधमा विज्ञत्ति आएको पाईएन।
तर सबैले उस्तै उस्तै हाराहारिमा मत प्रात्त गरेका थिए। सवै प्रतिस्पर्धिले पाएको मत को सम्मान गर्दै केन्दले आम निर्वाचनमा व्यवस्थापन गरेको देखिन्छ। तर कोइराला प्रति केन्द्रले अपहेलित गरेको देखिन्छ।
यस विवाद को विचमा हामिले कोइराला सगँ सम्पर्क गर्ने खोज्दा र कोइरालाको भुमिका विषयमा जान्न खोज्दा कोइराला सम्पर्क मा आउन चाहानु भएन, सायद कहिले कता समाजिक सन्जाल हरुमा किताव प्रकाशनमा लागि राखेको पनि देखिने गर्छ।
नेपाली कांग्रेस चितवनको सतहमा नै पुग्ने गरेर छताछुल्ल भएको विवाद को बिषय लाई लियर यसमा कैलास कोईरालाको भुमिकाके होलात भनेर पुन कोइराला लाई झक्झकाउने कोसिस हामि गर्ननै छैा जती सक्दो चाडो हामी उहाँको सम्पर्क रहेर विवादको जड के हो भन्ने प्रत्ता लगाउने र उहाँको यसमा भुमिकाको बिषयमा पनि वाहिर ल्याउने छौ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस