भरतपुर । नेपाली कांग्रेस चितवनमा फेरी भाडभैलो सुरु भयको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले एकलौटि रुपमा मनोमानी ढङ्गले नेपाली कांग्रेस चलाएको चितवन कांग्रेसका पूर्व संसद र प्रतिनिधि मिलनबाबु श्रेष्ठले आरोप लागायका छन्।
उनले बिज्ञप्तिमा भनेका छन् राजनैतिक संस्कारलाई उल्लङ्घन गर्दै एकलौटि ढङ्गबाट पार्टी सञ्चालन गरेकोमा चितवन कांग्रेसका पूर्व संसद र प्रतिनिधि मिलनबाबु श्रेष्ठले आपत्ति जनाएका हुन् । भने अर्का थरी कांग्रेस हरु मिलनबाबु श्रेष्ठले हिजो चुनाबमा राजेश्वर खनाल सग आन्तरिक रुपमा गरीयका सहमति हरु मा कुरा नमिल्दा यो कुरा बाहिर आयको हो, मिलनबाबु श्रेष्ठले भने अनुसार राजेश्वर खनाल चलेकोभय नत बाहिर नै आउने थियो नत हामीलाई नै थाहा हुने थियो ।
उनले एक विज्ञप्ती जारी गर्दै केन्द्रले निर्णय गरेको गठबन्धनका विषयमा कार्यकर्तालाई स्पष्ट नपारी उल्टो केन्द्रको विरोध गर्ने गरेको, स्थानीय निर्वाचनमा योग्यलाई भन्दा आफ्नालाई टिकट वितरण गरिएको, प्रदेश तथा संघको चुनावमा सिङ्गो पार्टीले वेवस्था गरी उमदेवारलाई पार्टीको तर्फबाट साथ सहयोग नगरिएको, जिल्ला समिति एवं उपसमितिहरू मनोनयन गर्दा योगदान गरेका तथा योग्यलाई भन्दा आफ्ना निकटलाई मनोनयन गरिएको स्व.वि.यु. निर्वाचनमा पार्टीको भूमिका निस्कृय रहेको, भातृ शुभेच्छुक तथा सामाजिक संघ संस्थाहरूमा मनोमानी ढंगले मनोनित गरिएको साथै केन्द्रले आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा प्रतिनिधिहरू पठाउँदा समेत एकलौटी ढंगबाट निर्णय गरिएको र कुनै छलफल नै नगरी नेपाली काँग्रेस जस्तो लोकतान्त्रीक पार्टीमा व्यक्तिगत मनोमानी गरेको विज्ञप्तीमा उल्लेख छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस