चितवन,१३ माघ । चितवनमा प्रदेशस्तरीय यु-१९ महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबार देखी सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । चितवनको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले १० ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा सीमाना केशीले नटआउट २० रन बनाईन् । ३४ बल खेलेकी सीमानाले २ चौका प्रहार गरिन् । सुदुरपश्चिमकी अनु कडायत र जानका थापाले १-१ विकेट लिए ।
त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदुरपश्चिम १६ ओभर १ बलमा ५७ रनमा समेटियो । उसका लागि सावित्री धामीले १२ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी निरुता जिटी एक्लैले ४ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी निरुताले एक मेडन राख्दै ४ रन मात्र खर्चिन् । ज्योत्सनिका मरासिनीले २ तथा आकृति तिवारी र सीमाना केसीले १-१ विकेट हात पारे । ४ विकेट लिएकी निरुता प्लेयर अफ दि म्याच बनिन् ।
यस अघि प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्घाटन गरेकी थिईन् । उद्घाटन कार्यक्रममा मेयर दाहालसँगै, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मैयाँदेवी ट्रष्टका महासचिव टंकनाथ पौडेल र नेपाल नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतले बोलेका थिए । १९ गतेसम्म चल्ने प्रतियोगिताका सातै प्रदेशबाट महिला टोलीको सहभागिता छ । यस प्रतियोगितालाई क्यानले आफ्नो वार्षिक क्यालेन्डरमा समेत समेटेको थियो ।@न्युज कारखाना
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस