काठमाडौं ः घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टी-२० आईमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित निकालेको छ। योसँगै भारतले सिरिज ४-१ ले जितेकोछ।
जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो। अष्ट्रेलियाका बेन म्याकडेर्मोटले सर्वाधिक ५४ रन बनाएका थिए।
अष्ट्रेलियालाई अन्तिम ६ बलमा जितको लागि १० रन चाहिएको थियो। तर उसले ३ रन मात्र बनाउन सक्यो। म्याथ्यु वेडले २२ रन बनाए।
ओपनर जोश फिलिपे ४ रनमै मुकेश कुमारको बलमा बोल्ड आउट भएका थिए। ट्रविस हेड २८ रनमा आउट भए । आरोन हार्डी ६, टिम डेविड १७, म्याथ्यु शर्ट १६ रनमा आउट भए ।
भारतका मुकेश कुमारले ३ विकेट लिए भने रवि विश्रोइ र अर्शदिप सिहले २/२ विकेट लिए।
त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो।
भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐयरले ५३ रन बनाएका थिए। तल्लोक्रमका अलराउन्डर अक्षर पटेलले ३१ रनको योगदान दिए । अन्य भारतीय ब्याटरले राम्रो गर्न सकेनन्।
ओपनर यशस्वी जैसवाल २१ रनमा आउट भए। ऋतुराज गायकवाड १०, सूर्यकुमार यादव ५, रिंकु सिंह ६ र जितेश शर्मा २४ रनमा आउट भए।
अष्ट्रेलियाका जेसन बेहरनडोफले र बेन ड्वारशइसले दुई दुई लिए। नाथन एलिस, तनविर संघा र आरोन हार्डीले १–१ विकेट लिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस