मकवानपुरको मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिलाई पनि भत्ता प्रदान गरेको छ।
संघीय सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गत क र ख बर्गमा रहेका अपांगता भएका व्यक्तिले भत्ता पाउँदै आएका छन्। अन्य बर्गलाई अपाङ्ता परिचयपत्र दिलाएर अपाङ्ता भएको व्यत्ति हो भन्ने पहिचान दिए पनि जीवन निर्वाहका लागि सहायता गर्दैन।
मनहरी गाउँपालिकाले यस्ता व्यक्तिको जीवन निर्वाहमा सहायता प्रदान गर्दै भत्ता दिएको हो। गाउँपालिकाले आंशिक अपाङ्गता भएका १३४ जनालाई परिचयपत्र र निर्बाह भत्ता रकम उपलब्ध गराएको हो।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गाउँपालिकाभित्र रहेका १३४ जना ग बर्ग (पहेलो कार्ड) का अपाङ्गता भएका ब्यक्तिलाई रकम प्रदान गरिएको छ। उनीहरुलाई प्रतिब्यक्ति पाँच हजार ४०० रुपियाँ सहित ग बर्गको अपाङ्गता परिचयपत्र पनि वितरण गरिएको छ।
संघीय सरकारले पूर्ण अपाङ्गता (क र ख बर्ग) भएका व्यक्तिलाई भत्ता वितरण गर्दै आएको तर आंशिक अपाङ्गता भएका व्यक्ति त्यसमा नसमेटिएकाले स्थानीय सरकारले जिम्मेवारी वहन गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए। जीवन निर्वाह गर्न सजिलो होस् भनेर गाउँपालिकाले भत्ता वितरण गरेको उनले बताए।
गाउँपालिकाबाट आंशिक अपाङ्गता भएका ब्यक्तिले पनि परिचयपत्र र भत्ता प्राप्त गरेकोमा अपाङ्गता क्षेत्रमा क्रियाशील संघसंस्था र ब्यक्ति खुशी भएको अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बोले बताए।
नेपाल सरकारले क बर्गमा बर्गीकृत अपाङ्गता भएका व्यक्तिलाई मासिक चार हजार र ख बर्गमा बर्गीकृत अपाङ्गता भएका ब्यक्तिलाई मासिक दुई हजार १२८ रुपैयाँँ भत्ता उपलब्ध गराउँदै आएको छ।
त्यस्तै, मकवानपुरकै राक्सिराङ्ग गाउँपालिका भने अपाङ्गता भएका व्यक्तिको निःशुल्क बीमा गराउने भएको छ। विश्व अपाङ्गगता दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा अध्यक्ष राजकुमार मल्लले अपाङ्गता भएको व्यक्तिलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गराइने बताए।
https://www.himalkhabar.com/news/139140?fbclid=IwAR00Lg4_m8wBwOcs4Ay1J4Tr0BQ2_HChjlak0PNR8Uo_g6wrqjwGy16Nk0M
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस