भरतपुर /चितवनको सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालमा प्रसुती सेवाका लागि केन्द्र नै बनेको छ । यहाँबाट दैनिक २१ देखि ३९ जना सुत्केरी हुने गरेका छन् । मासिक तथ्यांकलाई हेर्दा यो संख्या एक हजार पुग्ने गरेको छ ।
भरतपुर अस्पतालले तीन किसिमले प्रसुति सेवा उपलब्ध गराउँदै आएको छ । सामान्य शल्यक्रिया र जटिल अवस्थामा रहेका गर्भवतीलाई उच्च स्तरीय शल्यक्रिया गरी प्रसुति गराउदै आएको भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा डा.सुनिलमणि पोख्रेलले बताए । जसमध्ये ६० प्रतिशत गर्भवती महिलालाई सामान्य किसिमले प्रसुति गराउदै आएको उनले जानकारी दिए ।
लगातार रक्तश्राव भएको, सुगर रोगका गर्भवती महिला, जुम्ल्या बच्चा, बच्चाले आमाको पेटमा रहदा दिसा खाएको अवस्थामा गर्भवती महिलालाई जटिल किसिमको शल्यक्रियाबाट प्रसुति गराउने गरेको स्त्री तथा प्रसुति रोग विभागका प्रमुख समेत रहेका प्रा डा.पोख्रेलले चित्रवनन्यूज डटकमलार्ई जानकारी दिए । प्रसुती सेवा लिन आएका मध्ये ४० प्रतिशतको शल्यक्रियाबाट गराउने गरेको उनले बताए । अस्पतालबाट महिनामा एक हजार जनाले प्रसुति सेवा लिने गरेको उनले बताए ।
भरतपुर अस्पताल नेपालकै नमुना प्रसुति केन्द्र बन्दै गएको उनको भनाई छ । मध्यनेपालकै अत्यधिक संख्यामा प्रसुति गराउने अस्पतालमा प्रसुतिकक्षबाट २४ सै घण्टा सेवा दिइरहेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा जिवन परियारले बताए । २० देखि ३५ वर्ष उमेर समूहका धेरै महिलाहरु प्रसुति गराउन आउने गरेको उनले बताए । महिलाहरुको प्रजननशक्ति उमेर १५ देखि ४५ वर्षसम्म भएको चिकित्सकको भनाई छ ।
यसैबि चगत चार महिनामा भरतपुर अस्पतालबाट ३ हजार ७ सय ९८ जनाले प्रसुति सेवा लिएका छन् । जसमध्ये २ हजार २४ जनाको सामान्य प्रक्रियाबाट प्रसुति गराइएको छ । एक हजार ६ सय ७६ जनाको शल्यक्रिया र ९६ जना महिलाहरुको जटिल किसिमको शल्यक्रियाबाट प्रसुति गराइएको अस्पतालका मेडिकल रेकर्ड शाखाका अधिकृत नारायण प्रसाद रिजालले चित्रवनन्यूज डटकमलाई जानकारी दिए । गत आर्थिक वर्षमा ११ हजार ८ सय ९४ जना महिलाले अस्पताल बाट प्रसुति सेवा लिएको उनले बताए ।
भर्ना भएपछि निःशुल्क रुपमा सेवा लिन पाउने उनले बताए । विमा गरेकाले भने भर्ना अघि पनि निःशुल्क परिक्षण गरिन्छ । पछिल्लो समय सरसफाइदेखि सेवा सुविधा बढेपछि प्रसुति गराउने महिलाहरु अस्पतालप्रति आकर्षित भएको अस्पताल संचालक समितिका अध्यक्ष राजु पौडेलले बताए । विगत वर्षदेखि नै फोहोर मैलालाई उचित रुपमा व्यवस्थापन गरिएको उनले बताए । विरामीलाई सजिलोसँग उपचार गर्ने हेतुले हरेक कक्षमा कूपन प्रणाली लागू गरेको उनले जानकारी दिए । खैरहनी नगरपालिका वडा नं ३ बाट श्रीमतीलाई प्रसुति गराउन ल्याएका सुमन भूजेलले भरतपुर अस्पताल पहिलाभन्दा व्यवस्थित र सफा सुन्दर भएको बताए । कालिका नगरपालिका पदमपुरका अस्मिता परियारले अस्पालबाट निःशुल्क रुपमा प्रसुति सेवा पाएको बताइन् । सस्तो, राम्रो र अनुभवी चिकित्सक रहेको उनको भनाई छ ।
त्यसैगरी भरतपुर अस्पतालबाट गत साउनदेखि कात्र्तिक महिनासम्म एक लाख ७७ हजार ५ सय १३ जनाले विभिन्न किसिमका रोगको उपचार गरेको मेडिकल रेकर्ड शाखाबाट प्राप्त तथ्यांकमा उल्लेख छ । जसमध्ये ओपिडी सेवा एक लाख ५३ हजार ६ सय ५४ जनाले आकस्मिक सेवा लिन आउने १३ हजार ४ सय २७ र १० हजार ४ सय ३२ जनाले आइपिडी सेवा लिएका छन् । भरतपुर अस्पतालमा चितवन लगायत नवलपुर, पूर्वी नवलपरासी, गोरखा, तनहुँ, लमजुङ्ग, मकवानपुर, बारा, पर्सा, रौतहट र बाग्लुङ्ग जिल्लाबाट समेत उपचार गर्न आउने गरेका छन् ।
आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस