डोल्पा : डोल्पा लगायत पश्चिमी क्षेत्रका उच्च पहाडी भू-भागमा आइतबार रातिदेखि नै हिमपात भइरहेको छ।आइतबार रातीदेखि बदली भएपनि सोमबार बिहानैदेखि हिमपात सुरु भएको हो । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीबन,बन्तडि,हुम,काईगउलगायतका बस्तीमा हिमपात सुरु भएको छ ।
त्यसैगरी ठुलिभेरी नगरपालिका पर्ने माझफाल,थरगाउँ ताली लगायतका बस्तीमा पनि बिहानैदेखि हिमपात भएको छ। जिल्लाका आठवटा स्थानीय तहमध्ये धेरैजसोमा बिहानैदेखि वर्षातसँगै हिमपात सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।उपल्लो डोल्पाका गाउँबस्तीमा अहिलेसम्म बाक्लो हिउँ जमिसकेको र अझै हिमपात जारी रहेको छ । हिमपात पछि बडेको चिसोले जिल्लाभरी जनजीवन प्रभावित भएको छ।
चिसोले बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । बाहिर अत्याधिक चिसो बढेकाले स्थानीयहरू घरभित्रै आगो बालेर ताप्ने र झोलिलो खानेकुरा पकाएर चिसो घटाउने उपायको खोज्न थालेका छन् ।अहिले डोल्पाको तापक्रम शून्य डिग्रीमा पुगेको छ । डोल्पाको तल्लो क्षेत्रमा पर्ने त्रिपुराकोट,खदाङ्गलगायतका ठाउँमा बिहानैदेखि वर्षात सुरु भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस