मोबाइलको माइक्रोफोनले काम गरेन ? यसो गर्नुहोस्
काठमाडौं । मेसेजिङका लागि होस् वा केही कुरा रेकर्ड गर्न अथवा फोनमा हुने एसिस्टेन्ट फिचर प्रयोग गर्न नै किन नहोस्, धेरैको रोजाइमा माइक्रोफोन पर्ने गर्छ । माइक्रोफोन माेबाइलमा बिल्टइन उपलब्ध हुने एउटा टुल हो । यसले तपाईंको आवाज बुझ्ने तथा रेकर्ड गर्ने गर्छ ।
तर कहिलेकाहीँ याे टुलले काम नगर्न सक्छ । यसबाट तपाईंको फोन चलाउने बानीमा फरक पर्न सक्छ । तर मोबाइल रिपेयर सेन्टरमा फोन नलइकन पनि केही साधारण काम गरेर यो समस्या आफैं समाधान गर्न सक्नुहुन्छ । आज हामी त्यसैबारे चर्चा गर्दै छौं:
सिस्टम जाँच गर्नुहाेस्:
कतिपय अवस्थामा फोनलाई माइक्रोफोनको पर्मिसन नदिँदा पनि यस्तो समस्या आउन सक्छ । धेरैजसो एन्ड्रोइड फोनमा तपाईंले ‘सेटिङ> सेक्युरिटी एन्ड प्राइभेसी> प्राइभेसी> प्राइभेसी कन्ट्रोल’ मा गएर माइक्रोफोनलाई एक्सेस दिन सक्नुहुन्छ । यसबाहेक भोइसमा आधारित केही एपमा म्युट बटन हुने गर्छ । यदि त्यस्ता एप छन् भने तपाईंले तिनलाई ‘अन’ छ/छैन जाँच गर्नुपर्ने छ ।
माइक ग्रिल सफा गर्नुहोस्:
फोन लगातार प्रयोग गरिरहँदा फोहोर जमेर बसेको हुन सक्छ । यसबाट तपाईंको माइक ग्रिलमा फोहोर जमेको हुन सक्छ । यदि त्यहाँ केही देखिन्छ भने तिनलाई विस्तारै झिक्ने प्रयास गर्नुहोस् । यसका लागि टुथपिक, पेपर क्लिक वा सिम टुल प्रयोग गर्न सक्नुहुन्छ ।
तर झुक्किएर पनि हेयर ड्रायर जस्ता वस्तुले माइक ग्रिलमा फुक्ने काम नगर्नुहोस् । त्यस्तै सोही समयमा फोनको केसले माइक ग्रिल छेके/नछेको हेर्नुहोस् । यदि फोन केसले माइक ग्रिल छेकिएको रहेछ भने तपाईंले त्यसलाई नछेक्ने फोन केस प्रयोग गर्नुपर्ने हुन्छ ।
एपको आधारमा माइक पर्मिसन जाँच गर्नुहोस:
यदि अरु एपमा माइकले काम गरिरहेको छ, तर कुनै केही एपमा मात्र समस्या छ भने तपाईंले ती एपको पर्मिसन हेर्न सक्नुहुन्छ । कहिलेकाहीँ निश्चित एपमा यस्तो समस्या हुन सक्छ । यसका लागि तपाईं सेटिङ हुँदै एपमा जानुहोस् ।
त्यहाँ कुन एपमा माइकले काम गरिरहेको छैन, त्यसमा गएर पर्मिसनमा ट्याब गर्नुहोस् । यदि माइकलाई पर्मिसन दिइएको छैन भने तपाईंले त्यसको समाधान गर्न सक्नुहुन्छ ।
माइक इन्पुट शेयर गरिकेको एप बन्द गर्नुहोस:
यो त्यस्त्तो ठूलो समस्या त होइन । तर कहिलेकाहीँ एकै पटकमा दुई फरक-फरक एपले माइक्रोफोन प्रयोग गरिरहेका हुन सक्छन् । त्यसले गर्दा समस्या निम्तिरहेको हुन सक्छ । यस्ताे अवस्थामा अर्को एपलाई तपाईंले बन्द गर्न सक्नुहुन्छ ।
एप अथवा एन्ड्रोइडको अपडेट जाँच गर्नुहोस्:
कहिलेकाहीँ सफ्टवेयरमा समस्या आउँदा समेत माइकले काम नगर्न सक्छ । त्यस्तो अवस्थामा तपाईंले आफूले माइक गर्नुपर्ने एपको अपडेट अथवा एन्ड्रोइडको नै अपडेट जाँच गर्न सक्नुहुन्छ । कतिपय अवस्थामा सफ्टवेयर अपडेट गर्दा समेत यस्तो समस्याको हल हुन सक्छ ।
रिस्टार्ट गर्नुहोस्:
यदि केही बगले फोनको सफ्टवेयर अथवा एपमा कुनै समस्या निम्त्याएको छ भने तपाईंले आफ्नो फोनलाई रिस्टार्ट गर्न सक्नुहुन्छ ।
यदि यी माथिका कुनै पनि तरिका अपनाउँदा समेत माइकले काम गरेन भने रिपेयर सेन्टरमा आफ्नो फोन लानुहाेस् । यदि नयाँ फोनमा यस प्रकारको समस्या देखिए कम्पनीलाई जानकारी गराउन सक्नुहुन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस