काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज दिपालयको सिलगढीमा सभा हुँदै छ । अभियानको दोस्रो दिन एमालेले सिलगढीमा सभा गर्ने पूर्वनिर्धारित कार्ययोजना छ ।
बिहीबार वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए । पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गरिएको थियो ।
तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।
एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ ।
एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस