काठमाडौं । हमासले थप दुईजना बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले हमासले दुई बन्दीलाई रिहा गरेको बताएका हुन् ।
हमासले बिहीबार राति उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको छ । रिहा भएका दुवैजना महिला हुन् । रिहा हुनेमा मिया स्केम र कानुन व्यवसायी अमित सोउसना रहेकी छन्
इजरायली सेनाले अबको केही घण्टामा थप इजरायली बन्दी रिहा हुने अपेक्षा गरेको छ ।
अस्थायी युद्धविरामको आज सातौँ दिन हो । पहिलोपटक गएको शुक्रबारदेखि युद्धविराम सुरु भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस