
मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ मा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारको ३ जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका धवाडी पुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफंै अनियन्त्रित भई पुल छेउबाट खसेर दुर्घटना भएको हो । दुर्घटनमाा आमा छोराको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा चितवन लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक मकवानपुरगढी–२ कुर्ले पाखा बस्ने आन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको उपचारार्थ अस्पतल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । उनकी श्रीमती अन्दाजी ३४ वर्षीया रुपा स्याङतान र छोरी अन्दाजी ५ महिने बालिकाको घटनास्थलमा मृत्यु भएको हो ।
मकवानपुरगढी बाँसपानीबाट सुकौरा जाँदै गरेको मोटरसाइकल मकवानपुरगढी–२ बाँसपानीमा सडकबाट करिब १२ मिटर तल खसेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस