
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ केही घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल÷मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटाइएको हो ।
निगम संचालक समितिले समायोजन गरेको नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल-मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । स्वचालित प्रणाली बमोजिम यसरी घटाएर समायोजन गरिएको नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ । तर, निगमले ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत् राखेको जनाएको छ । हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँमा विक्री भईरहेको छ ।
यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको निगमका प्रवक्ता मनोज ठाकुरले विज्ञप्ति मार्फत जानकारी दिएका छन । बल्ल लामो समय घाटामा रहेको आयल निगम मंगलबारदेखि ऋणमुक्त भएको निगमले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस