ब्रह्माण्डमा रहेका करोडौं पिण्डहरूमा पृथ्वी मात्र जिउँदो पाएका छौं । अरू त्यस्ता ग्रह वा पिण्ड छन् वा छैनन् खोजीको विषय बनिरहेको छ । पृथ्वीमा मात्र जीवन पाइनुको रहस्य के होला ? यो धेरैका लागि जिज्ञासाको विषय हो ।
रोचक, खोजमूलक
यिनै जिज्ञासाका कुरा नै त्यस्ता तथ्य हुन्, जसले पृथ्वीलाई अरू ग्रह वा पिण्डभन्दा फरक बनाएको छ, जीव तथा वनस्पतिको अस्तित्व दिलाएको छ । पहिलो कुरा त पृथ्वीको सतहमुनि विशालकाय टेक्टोनिक प्लेटहरू छन् । तिनले पानी बाहिर देखिएका भूसतह अड्याइरहेका छन् ।
टेक्टोनिक प्लेटले जहाँत्यहीँ ज्वालामुखी विस्फोट हुनबाट जोगाइरहेका छन्
तीमध्ये युरेसियन टेक्टोनिक प्लेट विश्वमा सबैभन्दा ठूलो छ । यो अमेरिका युरोपदेखि एसियासम्म फैलिएको छ । त्यसमुनि इन्डोअस्ट्रेलियन प्लेट अस्तित्वमा छ । तेस्रोमा अन्टार्कटिक प्लेट रहेको छ । यिनै प्लेटले पानीबाहिरका भूसतह धानिरहेका छन् । यिनै टेक्टोनिक प्लेटका कारण पृथ्वीको बाहिरी सतहमा थलचर प्राणी बस्नयोग्य बनेका छन् । यिनैले पृथ्वीको सतहमा जहाँत्यहीँ ज्वालामुखी विस्फोटन हुनबाट जोगाइरहेका छन् ।
अर्को रहस्यमय तथ्य भनेको पृथ्वीको जीवमैत्री सतह रहनु हो । यो सतह यति फैलिएको छ कि यसमा ठोस, तरल र ग्यासजस्ता सबै पदार्थ रहेका छन् । पृथ्वी फैलिएर पनि गोलो हुनु आफैमा आश्चर्य हो । गोलो भएर पनि पृथ्वीको गुरुत्वाकर्षणका कारण यसको बाहिरी सतहमा रहेका ग्यास तथा तरल पदार्थ अडिइरहनु अर्को आश्चर्य हो ।
पृथ्वी आफैमा सिलिकन, अक्सिजन र फलामको समिश्रण हो । पृथ्वीको बाहिरी सतहमा ३२ दशमलव १ प्रतिशत फलाम, ३० दशमलव १ प्रतिशत अक्सिजन, १५ दशमलव १ प्रतिशत सिलिकन बालुवा र १३ दशमलव ९ प्रतिशत म्याग्नेसियम रहेको छ । पृथ्वीको भित्री केन्द्रमण्डलमा भने ८८ प्रतिशत फलाम रहेको छ ।
पृथ्वीको सतहमा ७० प्रतिशत पानी छ । यसको अर्थ हो, पृथ्वीको ७० प्रतिशत भूभाग पानीको मुनि छ । अन्तरिक्षबाट हेर्दा पृथ्वी हरियो देखिने गर्छ । पृथ्वीमा रहेका जीव वनस्पतिको कोषमा पनि ७० प्रतिशत पानीको भाग रहेको हुन्छ ।
पृथ्वीको १० हजार किलोमिटर माथिसम्म हावा फैलिएको छ । हावाले पृथ्वीमा प्राणीको अस्तित्वका लागि अनुकूल वातावरण सिर्जना गरिदिएको छ । यसले पृथ्वीमा सिरकको जस्तो काम गरेको छ । यसले पृथ्वीमा जीवन रक्षा गरिरहेको छ ।
पृथ्वीको केन्द्रमण्डलमा ८८ प्रतिशत फलाम रहेकै कारण पृथ्वीको गुरुत्वबल अस्तित्वमा छ । यसले पृथ्वीको वरिपरि चुम्बकीय शक्ति र त्यसको तरंगको आवरण निर्माण गरेको छ । यसले रेडियो, टेलिभिजन, मोबाइल, इन्टरनेट आदिका संकेत र सफ्टवेयर विश्व ब्रह्माण्डभरि प्रसारण गर्न सहयोग पु¥याएको छ ।
सूर्यको परिक्रममाका क्रममा कहिलेकाहीँ सूर्य, तारा या अरू ग्रहको नजिक हुँदा पनि यही ऋणात्मक चुम्बकीय झड्काका कारण अरू ग्रह र सूर्यमा ठोकिनबाट बचाइरहेको छ । यसले पृथ्वीको लक्ष्मणरेखाको काम गरिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस