चितवन : चितवनको भरतपुर महानगरपालिकामा स्याल आतंक फैलिएको छ । स्यालले मानिस र घरपालुवा पशुचौपायालाई टोक्दा स्थानीय त्रसित भएका छन् । भरतपुर महानगरपालिका–१३, ब्रह्मपुरीमा स्यालले मानिस र पशुचौपायालाई टोकेर घाइते बनाएको हो । मंगलबार बिहान ९ बजेतिर स्थानीय जोखबहादुर गुरुङलाई स्यालले टोकेको थियो । स्यालको टोकाइबाट घाइते भएका गुरुङको भरतपुर अस्पतालमा उपचार गरिएको छ ।
त्यसैगरी, प्रेमनारायण दवाडीको घरमा रहेका तीनवटा गाई र एउटा कुकुरलाई समेत स्यालले टोकेको बताइको छ। स्यालले टोकेका पशुचौपायालाई भेटेरेनरी चिकित्सकमार्फत उपचार गरी निगरानीमा राखिएको छ। स्याल गाउँघरमै पसेर मानिस र घरपालुवा चौपायालाई टोक्न थालेपछि स्थानीय डराएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस