चितवन : भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले उत्कृष्ट साहित्यिक कृतिहरूलाई पुरस्कृत गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका अनुसार भरतपुर महानगरपालिका वा चितवन जिल्लालाई आधार बनाई यहाँको भाषासाहित्य, कलासंस्कृति, ऐतिहासिक, पुरातात्विक क्षेत्रमा खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका र उत्कृष्ट ठहरिएका मौलिक कृतिलाई नगद ५० हजार ७८ रुपैयाँसहित एक जनालाई ‘चित्रवन प्रज्ञा पुरस्कार’ प्रदान गरिनेछ । उक्त पुरस्कारका लागि नेपालभरका जो कोही स्रष्टाले सहभागी हुन पाउनेछन् ।
प्रतिष्ठानले भरतपुर महानगरवासीका काव्य, आख्यान, नाटक र निबन्ध विधाका उत्कृष्ट ठहरिएका मौलिक साहित्यिक कृतिलाई अलगअलग विधागतरूपमा एक÷एकजना गरी चारजनालाई प्रति स्रष्टा नगद २५ हजार ७८ रुपैयाँसहित भरतपुर महानगर प्रज्ञा पुरस्कार र नारी स्रष्टाहरूले प्रकाशन गरेका जुनसुकै विधाका कृतिहरू मध्येबाट उत्कृष्ट ठहरिएका मौलिक साहित्यिक कृतिलाई नगद २५ हजार ७८ रुपैयाँसहित एकजनालाई प्रदान गरिने गरी वागीश्वरी प्रज्ञा पुरस्कार प्रदान गरिने जनाएको छ ।
प्रज्ञाप्रतिष्ठानद्वारा दोस्रोपटक प्रदान गर्न लागिएको उपर्युक्त पुरस्कारहरूमध्ये ‘चित्रवन प्रज्ञा पुरस्कार’का लागि नेपालभरका जो कोही स्रष्टाले सहभागी हुन पाउनेछन् भने ‘भरतपुर महानगर प्रज्ञा पुरस्कार’ र ‘वागीश्वरी प्रज्ञा पुरस्कार’ चाहिँ भरतपुर महानगरबासी स्रष्टाले मात्र सहभागी हुन पाउनेछन् । पुरस्कार प्रयोजनका लागि स्रष्टा स्वयम् वा प्रकाशकले सम्वत् २०७९ सालमा प्रकाशन भएका तीनप्रति पुस्तकहरू २०८० मङ्सिर मसान्तसम्ममा प्रज्ञाप्रतिष्ठानको सचिवालयमा आइपुग्ने गरी दर्ता गराउन प्रतिष्ठानले आह्वान गरेको छ ।
तोकिएको समयभित्र दर्ता भएका पुस्तकहरू मूल्याङ्कन समितिको सिफारिसलाई आधारमा प्रज्ञाप्रतिष्ठानको प्राज्ञपरिषद्ले निर्णय गरी पुरस्कृत कृतिको घोषणा गरिने प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस