चितवन : नेपाल फिजियोथेरापी संघ (नेप्टा) आगामी शनिबार (मंसिर १६ गते) ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा आयोजना गर्ने भएको छ । देश तथा विदेशका फिजियोथेरापी पेशाकर्मी, विद्यार्थी र अनुसन्धानकर्तालक्षित उक्त सम्मेलन ‘सबैको लागि फिजियोथेरापी : समग्र नेपालको स्वास्थ्य प्रणाली प्रबद्धनको लागि आयामहरूको खोजी’ विषयमा केन्द्रित रहने नेप्टाका केन्द्रीय सचिव विनय कंडेलले जानकारी दिए । फिजियोथेरापी, पुनःस्थापना तथा समग्र स्वास्थ्य व्यवस्थासम्बन्धी विविध कार्यशाला, मन्तब्य, प्रतिस्पर्धात्मक प्रस्तुतिका साथै सांस्कृतिक झलकहरू कार्यक्रमका आकर्षण रहने बताइएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी झन्डै ५०० फिजियोथेरापी अध्यनरत विद्यार्थी, फिजियोथेरापिष्ट तथा पुनर्स्थापना पेशाकर्मी, व्यबस्थापक र प्रशासकहरूको कार्यक्रममा उपस्थित रहने आयोजकको अनुमान छ । उक्त सम्मेलानमा पाँच जना अन्तर्राष्ट्रियस्तरका स्रोत व्यक्ति र सात जना नेपालभित्रकै स्रोत व्यक्तिहरूको फिजियोथेरापीसम्बन्धी खोज तथा अनुसन्धानमूलक प्रस्तुती हुनेछ । फिजियोथेरापी अध्यनरत विद्यार्थीहरुबाट विभिन्न विषयमा सोधपत्र तथा तथ्यांक पेपर, पोस्टर एवं ई–पेपर प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय निर्देशन ऐन, २०५९ अन्तर्गत दर्ता भई सन् २००३ मा फिजियोथेरापिष्टहरूको विश्वव्यापी संस्था ‘विश्व फिजियोथेरापी’को सदस्यता प्राप्त गरेको नेपाल फिजियोथेरापी संघले आयोजना गर्ने उक्त सम्मेलनमा ११औं भएता पनि काठमाडौँ उपत्यका बाहिर गरिने यो पहिलो सम्मेलन हो । देशमा संघीयता लागु भएपछि नेपाल फिजियोथेरापी संघको विस्तारित प्रादेशिक च्याप्टरमध्ये बागमती प्रदेशको सक्रिय भूमिका र केन्द्रीय नेप्टाको समन्वयमा उक्त कार्यक्रम गर्ने तयारी गरिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस