का विषय जायज भएको भन्दै आगामी सोमवारसम्म यस बारेमा महानगरपालिकाले आफ्नो धारणा स्पष्ट गरेर उत्पन्न समस्याको समाधान गर्ने बताए । घरवेटीहरुले भाडा बढि लिएर व्यवसायीसँग कम भाडा लिएको भन्ने अलग्गै सम्झौता गरेर कर छलि गर्दै आएका छन् ।
‘व्यवसायीहरुले यसैपनि बढि भाडा तिरेका छन्, भाडा तिरेको सत्य कुरा खर्चमा देखाउन पाएका छ्रैनन्, जति तिरेका छन् त्यति खर्चमा देखाउने हो भने आयकर बढि तिर्नुपर्ने थिएन’, वस्तुगत समन्वय समितिका संयोजक पन्तले भने, ‘अहिले देखिएको यो समस्याको दीर्घकालिन समाधान होस्, घरवेटी र व्यवसायीका बीचमा सौहार्दता कायम होस् भन्ने चाहना हाम्रो छ ।’ सो अवसरमा उद्योग बाणिज्य सघंका उपाध्यक्ष पन्त एवम् व्यवसायीहरुले पूर्वी चितवन तथा पश्चिमबाट आउने सवारीलाई नारायणगढ बजारसम्म आउन दिनुपर्ने माग गरे ।
चौविसकोठी–नारायणगढ सडक खण्ड विस्तारको कारण देखाउँदै पूर्वी चितवनबाट आउने सवारीलाई चौविसकोठीबाट नै फर्काउने गरिएको छ । वाइपास रोड भएर बजारसम्म जान दिने अप्सन हुँदा हुँदै महानगरपालिकाले त्यसमा चासो नदिँदा स्थानीय जनता तथा व्यवसायीहरुलाई मार परेको उपाध्यक्ष पन्तले बताए । महानगरपालिका उपप्रमुख अधिकारीले व्यवसायीहरुको मर्का आफूहरुले बुझेको भन्दै यो समस्याको समाधान पनि खोजिने आश्वासन दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस