ऊँट क्यामेलस प्रजातिअन्तर्गत पर्ने एक खुर भएको स्तनधारी जनावर हो । मरुभूमिमा पाइने यस जनावर निकै आश्चर्यजनक किसिमको छ ।
औसतमा ४० देखि ५० वर्षसम्म बाच्ने उँट अधिकतम ६५ किलोमिरट प्रतिघण्टाको रफ्तारमा दौडन सक्छ । यो जनावरले ४१ डिग्री सेल्सियस सम्मको शारीरिक तापक्रमलाई सहन सक्छ । साथै, यसले माइनसको तापक्रममा झेल्न सक्छ ।
ठूला र समतल खुट्टा भएका कारण ऊँटलाई बालुवामा हिँड्न सहज हुन्छ । मरुभूमिमा आउने आँधीका कारण ऊँटको आँखा तथा नाकमा बालुवा छिर्न सक्ने सम्भावना हुन्छ, त्यही कारण ऊँटको आँखामा बालुवालाई छेक्नका लागि दुई लेयरको बाक्लो परेलासमेत हुन्छ ।
ऊँटले दुवै नाकको प्वाल एकैपटक बन्द पनि गर्न सक्छ । अधिकांश जनावरहरू निर्जलीकरणका कारण मर्ने गर्छन् तर ऊँट लामो समयसम्म बिनापानी बाँच्न सक्छ । आश्चर्यजनक कुरा त के छ भने ५ देखि १० मिनेटभित्र ऊँटले १ सय लिटरभन्दा धेरै पानी पिउन सक्छ र यही पानीको भरमा हप्तौँसम्म पानी नपिई बस्ने सामर्थ्य यस जनावरले राख्छ ।
यस्तै, ऊँटले क्याक्टसलगायतका काँडे बिरुवा खाने गर्दछ । स्वभावले निकै नम्र भए तापनि खतरा महसुस गरेको खण्डमा यस जनावरले पेटबाट तरल पदार्थ स्प्रे गर्ने गर्छन् । महिला ऊँटको सामान्यतया १३ देखि १५ महिनाको गर्भावस्था हुन्छ । तिनीहरूले सामान्यतया एउटै बच्चालाई जन्म दिन्छन्, ऊँटको बच्चालाई नेपालीमा उल्लु भन्ने गरिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस