१४ मंसिर, जेरूसेलम । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो ।
सो गोली हानाहानमा १६ जना घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीद्वारा गरिएको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ कि दुई बन्दुकधारी, एक एफ १६ राइफल र एक ह्यान्डगनसँग जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा आइपुगेका थिए ।
जहाँ तिनीहरूले नागरिकहरूलाई अन्धाधुन्द गोली हान्न थाले । जसको जवाफी कारबाहीमा आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको इजरायली प्रहरीले जनाएको छ । उनीहरूको कारभित्र गोली र हतियार फेला परेको पनि प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस