चितवन , ७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा मचान भनेर १८ कोठाको ५ तले भवन बनाएको भन्दै १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । निकुञ्जको कोर एरियामा भवन निर्माण हुदाँ उक्त भवन प्रयोगविहिन भएको भन्दै १२ जनाविरुद्ध भ्रष्टाचारजन्य कार्य गरेको आरोपपत्र दायर भएको हो ।
चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र पर्यापर्यटन विकास एवम् विस्तारको लागि भन्दै कंक्रिट मचान निर्माण गर्ने भनेर निकुञ्जको कोर एरियामा कंक्रिट मचानभन्दा लज होटलको स्वरुपमा १८ कोठाको ५ तले भवन निर्माण गरेको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । निकुञ्जको कोर एरियामा निर्माण भएको भवन प्रयोग विहिनहुदाँ निर्माणमा लगानी भएको रकम औचित्यहिन भई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्दै उनीहरुमाथी बिगो , जरिवाना र सजाय माग सहित आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
आयोगले निकुञ्ञका तत्कालिन सहायक संरक्षण अधिकृत अभिनय पाठक , खैरहनी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा ,इन्जिनियर राजेश कोइराला ,तत्कालिन सव इन्जिनियर सुमन श्रेष्ठ , कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण समितिका समितिका तत्कालिन अध्यक्ष हिरा बहादुर गुरुङ्ग , वन उपभोक्ता समूह तत्कालिन कोषाध्यक्ष सम्भु भनिने समर बहादुर घर्ती क्षेत्री ,वन उपभोक्ता समूहका अध्यक्ष गणेश कुमार श्रेष्ठ , कोषाध्यक्ष उज्वल बर्तौला ,बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना, कोषाध्यक्ष सोमराज कडरिया , कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सिता भनिने ठण्डा कुमारी दहाल र सचिव कल्याण लटौलामाथी मुद्धा दायर गरेको छ । उनीहरुमाथी ७८ हजारदेखी १ करोड १९ लाखसम्म बिगो दावी गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस