बीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानहरूमा सिसि क्यामरा जडान गरेको छ । क्यामरा जडानबाट सडकमा हुने दुर्घटनाको साथै शान्ति सुरक्षामा पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्भावित दुर्घटना क्षेत्रहरुमा जडान गरिएको क्यामेराले पालिकाभित्रका सडकको गतिविधि र दुर्घटनाहरुको सत्य तथ्य पत्ता लगाउन महत्त्वपूर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको विश्वास छ ।
सडकमा दुर्घटना हुँदा सवारी धनी भाग्ने, पसलहरुमा चोरी हुने, अमानवीय घटनाबाट जोगाउन सिसि क्यामराले मद्दत पुग्ने बताए ।
वडा नम्बर १ को सरस्वती चौकी, चौतारा, भागवान नगर, वडा नम्बर २ को भन्सार चौक, ईलाका प्रहरी कार्यलय, ठुठे खोला, त्यस्तै वडा नम्बर ३ को रामनगर, बुद्धनगर ओडार प्रहरी चौकी, बरहमा नगर, वडा नंम्बर ४ को निर्मल बस्ती, मिलन चौक, बिशाल चौक, विजय बस्ती, यस्तै वडा नम्बर ५ को सुवर्णपुर चौक र बागमोर्चा पुलमा क्यामरा जडान गरिएको हो ।
अध्यक्ष श्रेष्ठले अबको केही दिनमा ठोरी गाउँपालिकाको प्रत्येक टोलटोलमा क्यामरा जडान गरिने बताए । क्यामरामा हुने गतिविधि पालिकाबाट निगरानी गर्न सकिने र ठोरीमा रहेको प्रहरी कार्यलयले आफ्नो मोबाइलमा समेत हेर्न सक्ने गरि व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस