चितवन, भदौ १७ : चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाइते भएका ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा राति करिब ९ः५१ बजे ज्यान गएको प्रहरी निरीक्षक हस्त बहादुर सुनारले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस